नयाँ दिल्ली: ईंग्ल्याण्डका पेस बलर मार्क वुड देब्रे घुँड़ाको सर्जरीपछि ४ महिनाको निम्ति क्रिकेट मैदानबाट बाहिर भएका छन्। उनलाई च्याम्पियन्स ट्रफी २०२५-को अवधि लिगामेण्टमा चोट लागेको थियो। चोटले गर्दा वुड २० जूनदेखि ४ अगस्तसम्म भारतविरुद्ध खेलिने ५ वटा टेस्ट म्याचको सीरीजमा पनि अनिश्चित बनेका छन्। च्याम्पियन्स ट्रफीमा अफगानिस्तानविरुद्ध म्याचको अवधि ३५ वर्षीय वुडलाई चोट लागेको थियो अनि उनी तुरन्तै मैदान बाहिर गएका थिए। ईसीबी-ले बताएअनुसार, चोटको स्क्यान गर्दा लिगामेण्टमा चोट पत्तो लागेपछि वुडले सर्जरी गराउनु पऱ्यो। उनी एक सालभन्दा अधिक समयदेखि घुँड़ाको समस्यासँग जुझिरहेका छन्। वुडले यसअघि २०१९-मा पनि घुँड़ाको सर्जरी गराएका थिए। वुडले एउटा बयानमा भनेका छन्, गत सालको शुरुवातदेखि सबै प्रारूपहरूमा ईंग्ल्याण्डको प्रतिनिधित्व गरेपछि यति लामो समयको निम्ति बाहिर रहनु पर्दा निराश छु। जे भए पनि यस सर्जरीले घुँड़ाको समस्या समाधान हुने अनि पूरा ताकतको साथ मैदानमा फर्किन सक्षम हुनेछु भन्ने मलाई विश्वास छ। वुडले अब आफ्नो पुनर्वास र रिकभरीको निम्ति ईसीबी-को मेडिकल टीमसँग मिलेर काम गर्नेछन्। वुडले भने, चोट खेलको हिस्सा हो अनि म चाँडै खेलमा फर्किनेछु।