पूर्व भारतीय अलराउण्डर आबिद अलीको अमेरिकामा निधन

IMG-20250313-WA0437

नयाँ दिल्ली: आफ्नो बहुमुखी प्रतिभा र कुशल फील्डिंगले गर्दा चिनिने पूर्व भारतीय अलराउण्डर सैयद आबिद अलीको बुधवार लामो बिमारीपछि निधन भयो। उनी ८३ वर्षका थिए। आबिद अली हैदराबादका यी असाधारण क्रिकेटरहरूका समूहमा सामेल थिए जसको हिस्सा एमएके पटौदी, एमएल जयसिम्हा र अब्बास अली बेग थिए। उनको निधन अमेरिकामा भयो। आबिद अलीको निधनको खबर उत्तरी अमेरिका क्रिकेट लीग (एनएसीएल)-ले साझा गऱ्यो। उनले क्यालिफोर्नियाको ट्रेसीमा घर बनाएका थिए। उनले दिसम्बर १९६७-मा अष्ट्रेलियाविरुद्ध एडिलेडमा टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए अनि आफ्नो पहिलो ईनिंग्समै करियरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै ५५ रन खर्च गरी ६ विकेट लिएका थिए। त्यस सीरीजमा उनले ब्याटको साथ पनि आफ्नो क्षमता देखाउँदै सिडनी टेस्टमा ७८ र ८१ रनको ईनिंग्स खेलेका थिए। आबिद अलीले १९६७-देखि १९७४-बीच भारतको निम्ति २९ वटा टेस्ट म्याच खेलेर १०१८ रन बनाउनको साथै ४७ विकेट लिए। उनी विकेटहरूको बीचमा तेजीको साथ दगुर्थे अनि आफ्नो समयका सर्वश्रेष्ठ फील्डरहरूमा एक थिए। आबिद अलीसँग एउटा दुर्लभ विशिष्टता थियो। उनले धेरै म्याचहरूमा भारतको निम्ति ब्याट र बल दुवैको साथ शुरुवात गरेका थिए। उनको वनडे करियर संक्षिप्त तर ऐतिहासिक रह्यो। आबिद अली अजीत वाडेकरको अगुवाईमा रहने भारतीय टोलीका हिस्सा थिए, जसले १९७४-मा ईंग्ल्याण्डविरुद्ध हेडिंग्लेमा आफ्नो पहिलो वनडे इण्टरनेशनल म्याच खेलेको थियो। त्यस ५५ ओभरको म्याचमा भारत पराजित भएको थियो। आबिद अलीले भारतको निम्ति ५ वटा वनडे म्याच खेलेर ९३ रन बनाउनको साथै ७ विकेट लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement