झापा बजारमा भीषण आगलागी

IMG-20250313-WA0436

झापा: झापा गाउँपालिका वडा नं. ४ बस्ने जिया तामाङको घरमा आगलागी भएको छ।
आगलागीबाट तामाङको टीनको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आज राति करिव ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ। तामाङले सो घर भाडामा दिएका छन्।
आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए। आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement