मन्त्री सोनाम लामाले गरे थाक्टोक गुम्बाको उदघाटन

IMG-20250313-WA0434

गान्तोक: राज्यका धर्म विभागीय मन्त्री सोनाम लामाले गेजिङ जिल्लाको योक्सममा मरम्मति गरिएको थाक्टोक गुम्बाको आज उदघाटन गरे। मन्त्री लामाले रिम्पोछे टुल्कु सेरटा खेसेन्टीको उपस्थितिमा उक्त गुम्बाको आधिकारिकरूपमा उदघाटन गरेका हुन्। उदघाटन कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष डीएस लिम्बू, धर्म विभागकी सचिव हिस्से डी. योङदा,जिल्लापाल तेन्जिङ डी. डेञ्जोङपा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। थाक्टोक गुम्बाको निर्माण १६ सय वर्ष अघि सिक्किमको पहिलो राजाको शासनकालमा भएको दाबी छ। यो गुम्बाको अवस्था अति नै जीर्ण थियो यसलाई पून मरम्मति गर्ने आवश्यकतालाई ध्यानमा राख्दै सरकारले यसको मरम्तको निम्ति धनराशि आवन्टन गरेको थियो। गेजिङ जिल्ला प्रशासनसँगको सहकार्यमा योक्सम थाक्टोक गुम्पा समितिले जीर्णोद्वार गरेको हो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले जिल्लाको समग्र विकासमा गेजिङ जिल्ला प्रशासनले गरेको प्रयासको प्रशंसा गरे। उनले यस क्षेत्रमा पर्यटन उद्योग बढाउन सांस्कृतिक र धरोहरहरूको संरक्षणको महत्त्वमाथि जोड दिए। मन्त्रीले यस क्षेत्रमा सबैभन्दा पुरानो र ऐतिहासिक गुम्बा पुनर्निर्माणमा सहयोग पुऱ्याएकोमा स्थानीय धर्मावलम्बीहरुलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement