भिन्न-भिन्नै सड़क दुर्घट्नामा दुईको मृत्यु

IMG-20250313-WA0433

गान्तोक: राज्यका दुई अलग अलग स्थानमा भएका सड़क दुर्घट्नामा कम्तिमा दुईजनाको ज्यान गएको छ। पहिलो दुर्घट्ना पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत लोवर बिरिङको हो। घट्ना दिउँसो करिब १२ बजीको हो। एउटा मालवाहक ट्रक सड़कदेखि तल झर्दा सहचालकको घट्नास्थलमा नै मृत्यु भएको छ। मृतकलाई भूषण तामाङको रुपमा चिन्हित गरिएको छ।
यसरी नै अर्को घट्ना आज बिहान करिब सात बजी दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत मानपुर क्षेत्रको हो। किताम नजिक १० माइलमा एउटा ट्रक सड़कदेखि तल झर्दा एक जनाको घट्नास्थलमा नै मृत्यु भएको अनि अन्य एकजना गम्भीर घाइते भएको समाचार प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement