गान्तोक: राज्यका खेलकूद एवं युवा मामिला विभागकी सचिव याङछेन डोमा तामाङले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरिन्। भेटको क्रममा सचिव तामाङले आगामी १७-२० मार्चसम्म आयोजना हुने ८औं उत्तरपूर्वी युवा उत्सव २०२५ को उदघाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा आमन्त्रित गरिन्। राज्यपालले सचिवको आग्रहलाई स्वीकार गरे। आगामी १७ मार्चदेखि राज्यका विभिन्न स्थानमा आयोजना गरिने चार दिवसीय ८औं उत्तरपूर्वी युवा उत्सवमा विशेष गरेर उत्तरपूर्वी राज्यका युवाहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाउने छन्। यस कार्यक्रम आयोजनाको मुख्य उद्देश्य उत्तरपूर्वी राज्यका प्रतिभाशाली युवाहरूलाई मञ्च प्रदान गर्नको साथै क्षेत्रको समृद्ध सांस्कृतिलाई अघि ल्याउनु रहेको छ।