रम्फू: रम्फू सिक्किमगामी राष्ट्रिय राजमार्ग-१० अन्तर्गत १० माईलमा सिक्किम नम्बर भएको एउटा बोलेरो गाडी आज बिहान सडकदेखि लगभग ३०० फीट तल झर्दा दुर्घटना भएको छ। उक्त दुर्घटनामा वाहन चालक टासी छिरिङ भुटिया गम्भीर घाइते भएका छन्। प्राप्त जानकारी अनुसार वाहन अनियन्त्रित भएर सडकदेखि सोझै तलतिर झरेको बताइएको छ। उक्त दुर्घटनाको खबर पाएर टिस्टा रङ्गीत रेस्क्यु टीम साथै रम्फु चेक पोस्ट पुलिस घटना स्थलमा पुगेर चालकलाई सकुशल उद्धार गर्न सफल भएको छ। दुर्घटनामा वाहन क्षतिग्रस्त बन्न पुगेको छ।









