आईपीआरद्वारा रिपोर्टिङ र सार्वजनिक भाषणको प्रशारमाथि कार्यशाला

IMG-20250313-WA0428

गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले आज तादोङस्थित सूचना भवनको सम्मेलन हलमा कार्यशाला आयोजन गऱ्यो। कार्यशालाले प्रभावकारी रिपोर्टिङ र सार्वजनिक भाषणमाथि प्रमुखता दिँदै विभागीय अधिकारीहरू र कर्मचारीहरूको क्षमता विकास गर्न विशेष डिजाइन गरिएको थियो। कार्यशालाले स्पष्टता र सटीक सूचना प्रेषित गर्ने कुरामा जोड़ दिएको थियो। कार्यशालामा आयोजक विभागीय सचिव अन्नपूर्ण आलेले सहभागीहरूलाई आफ्नो रिपोर्टिङ र सार्वजनिक भाषणमा क्षमता विकास गर्न कार्यशालाबाट लाभ उठाउने आग्रह गरिन्। सचिव आलेले सही र प्रभावकारी सूचना प्रशारको महत्त्वले राम्रो परिणाम निकाल्न सक्ने बताउँदै सहभागीहरूलाई कार्यशालाबाट सिकेका ज्ञानलाई दैनिक कार्यमा लागू गर्ने प्रोत्साहित गरिन्। कार्यशालाका स्रोतवक्ता तथा गृह विभागीय अतिरिक्त निर्देशक यादव कृष्ण शर्माले सरकारी क्षेत्रमा आधिकारिक रिपोर्टिङबारे जानकारी गराए। उनले स्पष्टता र विश्वसनीयता सुनिश्चित गर्नाले सरकारी सञ्चारमा पारदर्शिता र शुद्धता कायम रहने बताए। उनले आधिकारिक रिपोर्टहरू प्रकाशन अघि सबै जानकारी प्रमाणित गर्ने महत्त्वमा जोड दिए। अर्का स्रोतवक्ता पीआईबीका सहायक निर्देशख मानस प्रतिमा शर्माले मिडिया रणनीतिहरू र समाचार प्रसारणमा डिजिटल प्लेटफर्महरूको भूमिकाबारेमा प्रकास पारे। वरिष्ठ पत्रकार पेमा वाङचुकले पत्रकारिता र रिपोर्टिङमा स्थिरता कायम राख्ने महत्त्व सम्बन्धी एक सत्रको सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement