गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस)का चार स्थानीय प्रशिक्षकले ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआइ) द्वारा सञ्चालित लेवल वान सर्टिफिकेट कोर्स उल्लेखनीय अङ्कको साथमा उतीर्ण गरेका छन्। बीएएस-ले प्रेस विज्ञप्ती जारी गरेर बताएअनुसार प्रशिक्षकहरू निम तेञ्जिङ शेर्पा, कुशल लामा, रिकेश राई र सेलिना राईले बीएआइ-को लेवल वान सर्टिफिकेट कोर्स पूरा गरेका छन्। उल्लेखनीय छ, यी चार प्रशिक्षकलाई यस विशेष प्रशिक्षणको निम्ति मनोनित गरेको थियो।
राम्रो अङ्कको साथमा लेवल वान सर्टिफिकेट कोर्स पूरा गरेकोमा ब्याडमिन्टन एसिसएशन अफ् सिक्किमले सबै प्रशिक्षकलाई बधाईको साथमा शुभकामना दिएका छन्।