हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको मालुटार चियाबारी युनिट कमिटी गठन

IMG-20250313-WA0394

खरसाङ: तीनधारे महानदी समष्टिको मालुटार चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटी गठन गरिएको छ। उक्त युनिट कमिटी गठनको लागि मालुटार चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा सम्पन्न भएको छ। उक्त सभा पूर्ण लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाको विशेष उपस्थितिमा सम्पन्न भएको छ। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार चियाबारी युनिट कमिटी गठन गरिएको छ। उक्त नयाँ युनिट कमिटीमा सभापतिकको रुपमा प्रह्लाद छेत्री, उप सभापति पूर्ण लामा, सचिवमा साजन तामाङ, सह सचिवमा कल्पना तामाङ, कोषाध्यक्षामा पिंकी गुरुङ, प्रचार प्रसार सचिवमा सन्तोष थापा, प्रमुख सल्लाहकारमा सृर्जना छेत्री, मोनिका लामा, अनिरा तामाङ अनि सल्लाहकारमा नरेश राई, कुमार छेत्री, विष्णु राई, बिनोद तामाङ लगायत दशजना कार्यकारी सदस्यहरू पनि चयन गरिएको छ। उक्त सभा र नयाँ कमिटी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार युनिट कमिटीको सभापति प्रह्लाद छेत्रीले नयाँ युनिट कमिटीको पदाधिकारीहरुलाई शुभकामना दिन्दै भागोप्रमोको ट्रेड युनियनले श्रमिकहरुको हितको लागि कार्य गरिरहेको र भविष्यमा पनि श्रमिकहरुको हितमा राम्रो काम गर्ने आशा व्यक्त गरेका छन्। उनले सभामा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement