तीनधारेमा मानसिक स्वास्थ्यबारे अन्तर्क्रिया सम्पन्न

IMG-20250313-WA0393

तीनधारे: तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा परिसरमा सेन्टिफिक एडभाइजरी कमिटीको प्रख्यात मानसिक स्वास्थ विशेषज्ञ डा अमर जसानी, डा. सुनिता वदेश अनि संयुक्त राष्ट्र अमेरिकास्थित एन.जी.ओ, ब्रोडलिफ हेल्थ एण्ड एजुकेशनका संस्थापक सद‌स्यहरूले शिक्षक शिक्षिकाहरुका विशेष उपस्थितिमा नानीहरुको मानसिक स्वास्थ्यबारे अन्तर्क्रियामा सहभागी हुन आएका थिए। मानसिक स्वस्थ्य सम्बन्धी अन्तर्क्रिया वा शिक्षा नानीहरुको निम्ति अत्यन्तै लाभदायक एंव अनिवार्य रहेको दार्जीलिङ्स्थित एनजीओ डीएलआर प्रेरणाका प्रभारी प्रसिल्ला गिरीले उक्त कार्यक्रममा बताएका थिए। अन्त्यमा यो विशेष कार्यक्रमलाई सफल बनाउने सहयोग गरेकोमा स्कूलका प्रबन्धक प्रह्लाद रसाइली, शिक्षक शिक्षिका एंव प्राचार्य रवि सुब्बालाई धन्यवाद दिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement