नयाँ दिल्ली: बंग्लादेशका ३९ वर्षीय क्रिकेटर महमूदुल्लाहले बुधवार सोशल मीडिया पोस्टको माध्यमले वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। गत महिना ३९ सालका हुने महमूदुल्लाहले यसअघि २०२१-मा टेस्ट र २०२४-मा टी२० इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका थिए। सेतो दाह्री राख्ने हुनाले महमूदुल्लाहलाई कमेण्टेटरहरूले बुढ़ो बाघ-को नाम पनि दिएका थिए। महमूदुल्लाहले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, मैले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने फसेला गरेको छु। म आफ्ना सबै साथीहरू, प्रशिक्षकहरू अनि विशेषगरी प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई सदा साथ दिए। हरेक चीजको अन्त आफूलाई चाहेको जस्तो हुँदैन तर त्यसलाई स्वीकार गरेर अघि बढ़्नु पर्छ। मेरो टीम अनि बंग्लादेश क्रिकेटलाई शुभकामना। महमूदुल्लाहले २५ जुलाई २००७-मा श्रीलंकाविरुद्ध म्याचको साथ वनडे इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए। उनले आफ्नो वनडे करियरमा २३९ वटा म्याच खेलेर ३६.४६-को औसतले ४ वटा शतक र ३२ वटा अर्द्धशतकको साथ ५६८९ रन बनाए। उनले यस प्रारूपमा ८२ विकेट पनि हासिल गरेका छन्। महमूदुल्लाहले टेस्ट क्रिकेटमा २९१४ र टी२० इण्टरनेशनलमा २४४४ रन पनि बनाएका छन्।