दार्जीलिङ: प्लास्टिक मुक्त दार्जीलिङ बनाउँन दार्जीलिङ नगरपालिकाले एक नीजि कम्पनीसँग मिलेर री साइक्लिङ मशिन दार्जीलिङको चौरस्तामा बसाएको छ। प्लास्टिक पर्यावरण र प्राकृतिको निम्ति हानिकारक रहेको दार्जीलिङ नगरपालिकाले बताउँदै आइरहेको छ अनि शहरको दोकानहरूमा प्लास्टिकको प्रयोगमाथि पालिकाले प्रतिबन्ध लगाउने कार्य गरिसकेका छन। पानी पिएर खाली बोतलहरू जता तताई फाल्ने गरेको द्वश्यहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले एक नीजि कम्पनीसँग मिलेर दार्जीलिङको प्रसिद्व पयर्टन स्थल चौरस्तामा रीसाइक्लिङ मशिन आज बसाएको छ। रीसाइक्लिङ मशिनको उदघाटन हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसको बाहुलीद्वारा गरियो। यस अवधि दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा, नीजि कम्पनीको अधिकारीहरू लगायत विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो। रिविन काटेर हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले रीसाइक्लिङ मशिनको उदघाटन गरयो।

यस अवधि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले रीसाइक्लिङ मशिनमा पानीको रितो बोतल हालेपछि आफ्नो मोइबल नम्बर हाल्न पर्छ भन्ने जानकारी गराए। मशिनमा मोइबल नम्बरको केही क्षणमा मेसेस आउनेछ भन्ने जनाए।जसमा १५० अंक प्राप्त गरेपछि एउटा क्याप उर्फ टोपी पाउनु हुनेछ, त्यसरी नै ३ सय अङक प्राप्त भए एउटा टी शर्ट, ९ सय अंक प्राप्त भए ब्याग पाउनु हुनेछ भन्ने तिनले बताए।समस्त अनुभवहरूलाई पानीको रितो बोतल जता तताई फाल्न भन्दा रीसाइक्लिङ मशिनमा हाल्ने आहवान पनि अध्यक्ष एडवार्डसले गर्यो।










