हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसले शारीरिक स्वास्थ्यमा सुधार गर्नुका साथै मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ। तर, हिँड्दा केही गल्तीहरू गरियो भने त्यसले हाम्रो स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। यी गल्तीबारे सचेत हुनु जरुरी हुन्छ, जसले गर्दा हिँडाइ प्रभावकारी होस्। यस्ता १० गल्तीहरू हिँड्दा गर्नुहुँदैन।
१. गलत जुत्ता छनौट हिँड्दा सजिलो जुत्ता लगाउनु धेरै महत्त्वपूर्ण हुन्छ। गलत जुत्ता लगाउनाले लामो समयसम्म खुट्टा दुख्ने, खुट्टाको छाला निस्कने वा जोर्नीको समस्या पनि हुनसक्छ। सधैँ आरामदायी र सजिलो जुत्ता लगाउनुपर्छ जसले खुट्टालाई सही आकार दिन्छ।
२. गलत पोस्चर हिँड्दा शरीरको पोस्चर सही हुनुपर्छ। धेरै झुकेर वा गलत तरिकाले हिँड्दा ढाड दुख्ने र मांसपेशीमा तनाव हुनसक्छ। सिधा उभिएर, काँधलाई आराम र टाउको सिधा राखेर हिँड्नुपर्छ।
३. हतारमा लामो कदम चाल्नु धेरैलाई लाग्छ कि, लामो पाइला चालेर छिटो-छिटो हिँड्दा धेरै प्रभावकारी हुन्छ। तर, यो गलत हो। यसले खुट्टा र कम्मरमा अतिरिक्त दबाब दिन्छ। त्यसैले ठिक्क र सन्तुलित कदम चाल्नुपर्छ।
४. गलत तरिकाले हात हल्लाउनु हिँड्दा हातहरू राम्ररी चलाउनु पनि महत्त्वपूर्ण हुन्छ। हात धेरै माथि वा तल सार्दा शरीरको सन्तुलन बिग्रन्छ। हातहरू कुहिनोमा झुकेर काँधसँगको समन्वयमा सार्नुपर्छ।
५. पानी नपिउनु हिँड्दा शरीरमा पसिना आउँछ, जसले गर्दा डिहाइड्रेसन हुनसक्छ। हिँड्नुअघि र पछि प्रशस्त पानी पिउनु महत्त्वपूर्ण हुन्छ। पानी नपिउनाले डिहाइड्रेसन हुनसक्छ। त्यसैले हिँड्नुअघि र पछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
६. वार्मअप–अप र कूल–डाउन नगर्नु हिँड्न सुरु गर्नुअघि वार्मअप–अप र कूल–डाउन गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। वार्मअपबिना हिँड्दा मांसपेशीमा तनाव हुनसक्छ। त्यसैगरी, अचानक रोकिँदा पनि शरीरमा असर पर्छ। त्यसैले हिँड्नुअघि वार्मअप र कुल डाउन गर्न छुट्टाउनु हुँदैन।
७. अत्याधिक छिटो हिँड्नु कतिपय मानिसलाई लाग्छ तिनीहरू जति छिटो हिँड्छन्, त्यति नै फाइदा हुन्छ। तर धेरै छिटो हिँड्दा थकान र चोटपटकको जोखिम बढ्छ। आफ्नो क्षमता अनुसार गति कायम राख्नु फाइदाजनक हुन्छ।
८. खाना खाएपछि तुरुन्तै हिँड्नु खाना खाएपछि तुरुन्तै हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। यसले पाचन प्रणालीलाई असर गर्छ र पेट दुख्ने वा अपच हुनसक्छ। त्यसैले खाना खाएपछि कम्तिमा ३० मिनेटपछि मात्र हिँड्नुहोस्।
९. एउटै दिनचर्या पछ्याउनु हरेक दिन एउटै दिनचर्या र गतिमा हिँड्दा शरीरलाई चुनौती हुँदैन। हिँड्ने दिनचर्या समय–समयमा परिवर्तन गर्नुपर्छ, जस्तै छिटो हिँड्ने, डाउनहिल हिँड्ने वा दूरी बढाउने।
यसो गर्दा शरीरलाई चुनौती हुन्छ र त्यस चुनौतीलाई शरीरले स्विकार्छ।
१०. आफ्नो क्षमता भन्दा बढी हिँड्ने कतिपय मानिस आफ्नो क्षमताभन्दा बढी हिँड्ने प्रयास गर्छन्, जसले शरीरमा थप दबाब दिन्छ। यसले थकान, मांसपेशी दुखाइ र चोट लाग्न सक्छ। आफ्नो शारीरिक क्षमता अनुसार मात्र हिँड्नुपर्छ।