मन्त्री लेप्चाद्वारा हाफवे होमको उदघाटन्

IMG-20250312-WA0321(1)

गान्तोक: सरकारको समाज कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज पाकिम जिल्लाको आसामलिङजेमा हाफवे होम मुलासोको उद्घाटन गरे। मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई पुनर्वास सहयोग प्रदान गर्न सिक्किम सरकारको समाज कल्याण विभागले उक्त सुविधा केन्द्र निर्माण गरेको हो। हाफवे होमले मानसिक स्वास्थ्य संस्थाहरूमा उपचार पाएका तर परिवारसंग : सामेल हुन नसकेका व्यक्तिहरूको लागि संक्रमणकालीन पुनर्वास केन्द्रको रूपमा काम केन्द्र स्थापना गरेको हो। यसले उनीहरूलाई स्वतन्त्रता प्राप्त गर्न सहयोग प्रदान गर्नेछ। आफ्नो सम्बोधनमा मन्त्री लेप्चाले हाफवे होमको स्थापनाको प्रशंसा गर्दै मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई सहयोग प्रदान गर्न यसको महत्त्व हुने उल्लेख गरे। उनले त्यस्ता व्यक्तिहरूको कल्याण सुनिश्चित गर्न समाजको सामुहिक जिम्मेवारीमा जोड दिए। मन्त्रीले सुनौलो अनि समृद्ध सिक्किमको दृष्टिकोण साकार पार्ने दिशामा यो एक एक महत्वपूर्ण पहल भएको बताए। विभागीय सचिव नोर्मित लेप्चाले हाफवे होम योजना भारत सरकारको पहल रहेको बताउँदै आवासीय सुविधा प्रदान गर्नलाई योजना कार्यन्वय गरिएको बताइन्। कार्यक्रममा हाफवे होमका सदस्यहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

About Author

Advertisement