नक्सलबारी: मेची नदीबाट अवैध रूपमा बालुवा र ढुंगा खनन गरेको आरोपमा नक्सलबारी पुलिसले ढुंगा बोकेको एउटा ट्र्याक्टर जफत गरेको छ। यस घटनामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा पुलिसले नक्सलबारी खण्डको झापुजोत इलाकामा अभियान चलाएर ढुंगा बोकेको एउटा ट्र्याक्टर सितै ताराबारी निवासी चालक राजेश बर्मन (१८) लाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो।