तादोङमा विकसित भारत २०४७ बारे जागरुकता कार्यक्रम

IMG-20250312-WA0325

गान्तोक: भारत सरकारको केन्द्रीय सञ्चार ब्यूरोले पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकको सहयोगमा आज विकसित भारत २०४७ माथि एक एकीकृत सामुदायिक आउटरिच कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमअन्तर्गत तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजमा ‘एक पेड माँ के नाम’, ‘फिट इण्डिया’ र ‘स्वच्छता ही सेवा’ जस्ता विषयहरूलाई लिएर कार्यक्रम आयोजन गरेको थियो। एसबीएम सिक्किमका राज्य मिशन निर्देशक जिग्मे भोटियाले कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थिति जनाए। भोटियाले आफ्नो सम्बोधनमा युवा विद्यार्थीहरू नै विकसित भारतका मशालवाहक भएको बताए। उनले व्यक्तिगत जीवनमा स्वच्छता कायम राख्नुपर्ने कुरामा जोड दिए। भोटियाले विद्यार्थीहरूलाई एकल प्रयोग प्लास्टिकको प्रयोग नगर्ने प्रोत्साहित गरे। उनले सिक्किम स्वच्छता र हरियाली कायम राख्नको लागि प्रसिद्ध रहेको उल्लेख गरे। जसलाई सबैको दैनिक आदतमा सामेल गर्नुपर्छ। यसका साथै मिलेर आफ्नो राज्यको प्रगति सुनिश्चित गर्न सक्छौँ। जब प्रत्येक राज्यले आफ्नो विकास सुनिश्चित गर्छ, तब राष्ट्र २०४७ सम्ममा ‘विकसित भारत’ को दिशामा अगाडि बढ्न सक्छ, उनले भने। भोटियाले फोहोर पृथक्कीकरण, भिजेको र ठोस फोहोरलाई छुट्याउनुपर्ने कुरामा जोड दिए। उनले बेकारका ग्याजेटको खरिदलाई नियन्त्रण गर्न सल्लाह दिए। यो ई-फोहोरको कारण बन्ने र पर्यावरणलाई हानि पुऱ्याउने उल्लेख गरे। आफ्नो सम्बोधनमा भोटियाले जागरूकता कार्यक्रमको आयोजनको लागि सीबीसी, पीआईबी गान्तोक र आकाशवाणी गान्तोकलाई धन्यवाद दिए। भोटियाले विद्यार्थीहरूलाई ‘विकसित भारत’ बनाउनमा महत्वपूर्ण योगदान दिने प्रोत्साहित गरे। यसअघि, आकाशवाणी गान्तोककी वरिष्ठ समाचार वाचक तथा अनुवादक उषा शर्माले स्वच्छ भारत मिशन र फिट इण्डिया आन्दोलनमा एक प्रश्नोत्तरी कार्यक्रम आयोजन गरिन्। जसमा विद्यार्थीहरूले सक्रिय रूपमा भाग लिएका थिए। पीआईबी गान्तोक र आकाशवाणी समाचारका सहायक निर्देशक मानस प्रतिम शर्माले स्वागत सम्बोधन राख्दै कार्यक्रमबारेमा जानकारी दिए। उनले विद्यार्थीहरूलाई स्वच्छताको सन्देशलाई अगाडि बढाउनका लागि अरूलाई प्रोत्साहित गर्न आग्रह गरे। नेपाली विभागकी एसोसिएट प्रोफेसर गीता निरौलाले सीबीसीको प्रयासको प्रशंसा गरिन्। उनले विद्यार्थीहरूलाई जङ्क फूडबाट बच्न र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिन्। कार्यक्रममा सङ्काय, गैर-शिक्षण कर्मचारी, नरबहादुर भण्डारी सरकारी कलेजका विद्यार्थी, पीआईबी गान्तोक र आकाशवाणी गान्तोकका अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement