सिलगढी: आज सिलगढी मेट्रोपोलिटनको भक्ति नगर पुलिसले दुइ जनालाई पक्राउ गरेको छ।ति दुइ व्यक्ति कुनै अपराधिक घटनालाई पुर्ण गर्न अगावै २ जना आरोपीलाई पक्राउ गरेको छ। यसरी पक्रा पर्नेहरूमा सनी सिंह र मनोज लामा सामेल छन्। गोप्य सूचनाको आधारमा गत राति भक्ति नगर थाना पुलिसले थाना अन्तर्गत फौजी मैदान इलाकामा अभियान चलाएर उक्त २ जना आरोपीलाई पक्राउ गर्नको साथै केही हतियार पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका २ जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।