पीसीबी-ले दियो खेलाड़ीहरूलाई झट्का

IMG-20250312-WA0241

कराची: पाकिस्तानले आयोजक देशको रूपमा आईसीसी च्याम्पियन्स ट्रफीलाई सफल बनाउन सक्दो प्रयास गऱ्यो। हाईब्रिड मोडल अनुसार खेलिएको यस टुर्नामेण्टमा आफ्नो जम्मै म्याच दुबईमा खेल्ने भारतीय टीम अन्तमा च्याम्पियन भयो। आयोजक देशको रूपमा पाकिस्तानको टीमले चाहिँ टुर्नामेण्टमा असल प्रदर्शन गर्नु सकेन अनि एउटा म्याच पनि नजिति ग्रुप चरणमै बाहिर भयो। यस्तो निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले आफ्ना घरेलु खेलाड़ीहरूमाथि लगाम कसेको छ। खेलाड़ीहरूका म्याच फीसमा व्यापक कटौती गरिएको छ अनि सुविधाहरू पनि घटाइएको छ। एउटा रिपोर्ट अनुसार, पीसीबी-ले आउँदो राष्ट्रिय टी२० च्याम्पियनशीपमा भाग लिने क्रिकेटरहरूका म्याच फीस १ लाख पाकिस्तानी रुपियाँदेखि घटाएर १० हजार रुपियाँ प्रति म्याच गरेको छ। यसरी रिजर्व खेलाड़ीहरूलाई प्रति म्याच ५ हजार रुपियाँ गरेर प्राप्त हुनेछ। टुर्नामेण्ट १४ मार्चदेखि शुरु हुनेछ। रिपोर्ट अनुसार, पीसीबी-मा घरेलु क्रिकेटका प्रमुख अब्दुल्ला खुर्रम नियाजीले गत केही महिनामा घरेलु खेलाड़ीहरूका निम्ति सुविधाहरूमा पनि कटौती गरिरहेका छन्। पहिला खेलाड़ीहरूलाई पाँच र चारतारे होटलहरूमा बस्ने सुविधा प्राप्त हुन्थ्यो भने अहिले सस्तो आवासको सुविधा दिइनेछ। फीसको साथमा उनीरूका हवाई यात्रा पनि कम्ती गरिएको छ। यतिमात्र नभएर खेलाड़ीहरू र अम्पायरहरूका गत सीजनको रहल रकम पनि अहिलेसम्म भुक्तान गरिएको छैन। बोर्डले आफ्नो नीति अनुसार पूर्व क्रिकेटरहरूका निम्ति वार्षिक पेन्शन वृद्धि पनि लागू गरेको छैन। यसबीच पीसीबी-का अधिकारीहरू, राष्ट्रिय चयनकर्ताहरू र अन्य पदमा नियुक्त अधिकारीहरूलाई चाहिँ भुक्तान नियमित रूपले गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement