नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन शुरु

00-talent-hunt-nepal-1

काठमाडौँ: नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन शुरु गरेको छ। आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ। रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन्। साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन्। यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन्। यो रियालेटी सो हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाइ  udition.nepaltalenthunt@gmail.com मा पठाउनुपर्नेछ अडिसन १४ सेप्टेम्बरसम्म खुल्ला रहने छ। सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभापनि आफ्नो प्रतिभा प्रस्तुत गर्नसक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए। यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दै लैजानुपर्नेछ। थप जानकारीका लागि आयोजकको ००९७७-९८०३९५९५२३ समेत सम्पर्क गर्न सकिने छ। सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसरसम्म प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ। यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement