पहाडमा अहिले एक किसिमको हावा चल्दैछ, यसलाई हामी सबै मिलेर रोक्नुपर्छ किनभने त्यो हावाले हामीलाई नै नोक्सान हुन्छ: अनित थापा

IMG-20250312-WA0238(1)

खरसाङ: पहाडमा अहिले एक किसिमको हावा चल्दैछ। त्यस हावालाई हामी सबै मिलेर रोक्नुपर्छ किनभने त्यो हावाले हामीलाई नै नोक्सान हुन्छ भनी खरसाङ नगरपालिकाद्वारा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएको मुख्य कार्यपाल अनित थापाले बताएका छन्। उनले आफुहरु हल्ला मात्र गर्ने होइन तर काम गर्नेहरू रहेको उल्लेख गरे। थापाले पहाडमा एक थरीका जमातले केवल हल्ला मात्र गर्ने गरेको जनाउँदै तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भने हल्ला होइन तर काम गरिरहेको जनाए। उनले खरसाङ एउटा शान्तिप्रिय क्षेत्र रहेको जनाउँदै यो शान्तिलाई कसैले नष्ट गर्ने चेष्टा नगर्ने आग्रह गरे। शान्तिले मात्र विकास हुने जनाउँदै हल्ला गरेर समस्याको समाधान नहुने बरू समस्या बढेर जाने बताए। खरसाङ नगरपालिकामा आएका विकासका कार्यहरूमा पारदर्शिता हुनुपर्छ औ जनताको निम्ति आएको पैसा जनताको हितको निम्ति खर्च हुनुपर्छ भन्दै कुनै पनि गाउँमा विकासका कार्यहरू गर्न जाँदा स्थानीय गाउँ-समाजका प्रतिनिधिहरू लगायत विज्ञ व्यक्तिहरू तथा नगरपालिका पार्षदहरूलाई साथमा लिएर कार्य गरिए धेरै असल हुने बताएका छन्। अनित थापाले भने, ‘खरसाङमा धेरै विकासको कार्य भए पनि जनताले सकरात्मक लिएको छैन र काममा केवल गुणात्मकता खोज्छ। राम्रो काम गरे पनि मानिसले केवल नकरात्मक लिन्छ -गुढँ पनि तितो भनेको जस्तै। अब हरेक काम लिएर वार्ड वार्डमा जानु हवस र वार्डको पार्षद र पार्षदहरुलाई लिएर काम गर्ने अनुरोध गर्दछु।’
जीटीए प्रमुख अनित थापाले हाउजिङ फर अल योजनाको विषयमा बोल्दै भने, खरसाङ नगरपालिकालाई पैसा खायो भनेर आरोप लगाउँछ तर मलाई विश्वास छ खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले गरीबको पैसा खाँदैन अनि अरुले पनि खानु हुँदैन।‌ जनताको एकाउन्टमा पसेको पैसा झिकेर खानु कसैले पनि सक्दैन। एक दुईजना भाइ बहिनीहरू कराईरहेका छन् तर खरसाङमा अशान्ति नहोस्। खरसाङ नगरपालिकाको बोर्ड केवल हिसाब दिनु मात्र बसेको होइन, काम गर्नु बसेको हो।‌सरकारले‌ पैसा नै दिएको छैन भने कसरी दिन्छ?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement