आफ्नै कम्पनीका गाडीहरु मात्र राख्छन् आनन्द महिन्द्रा

00-Anand-Mahindra

ठूला उद्योगपति महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका मालिक आनन्द महिन्द्रालाई सवारीसाधन निकै मनपर्छ। उनी सामाजिक सञ्जालमा नयाँ गाडीको बारेमा लेख्छन्। उनीसँग अर्बौंको सम्पत्ति छ र उनको कम्पनीले हरेक वर्ष लाखौं कारहरू बिक्री गर्छन्। यस्तो स्थितिमा आनन्द महिन्द्रा आफैंसँग कुन कार छ भनेर धेरैले सोचिरहेका हुन्छन्। वास्तवमा, आनन्द महिन्द्राले आफ्नो कम्पनी अर्थात महिन्द्राको गाडी मात्र प्रयोग गर्छन्। उनको गाडीको सङ्कलन पनि निकै सीमित छ र उनी महँगो कार प्रयोग गर्दैनन्। आनन्द महिन्द्राको स्वामित्वमा रहेका कारहरू हेरौं।

महिन्द्रा बोलेरो इन्भेडर: आनन्द महिन्द्रा आफैले प्रयोग गर्न सक्ने भए पनि कम्पनीले लामो समयदेखि यो गाडीको बिक्री बन्द गरिसकेको छ। यो तीन दैलोको एसयूभी थियो। यो रेगुलर  बोलेरो भन्दा स्पोर्टी देखिन्छ। एसयुभीले पछाडिको यात्रुहरूका लागि सफ्ट टप, साइड फेसिङ बेन्च सिट र २.५ लिटर डिजेल इन्जिन पाउँछ।

महिन्द्रा टीयुभी३००: सन् २०१५ मा आनन्द महिन्द्राले आफ्नो लागि टीयुभी३०० किनेका थिए। उनको यो गाडी ओलिभ ग्रीन कलरको थियो र जसलाई उनले आफू अनुकूल पनि बनाएका थिए। गाडीलाई कडा लुक दिन उनले आर्मर किट पनि राखेका छन्। यो गाडीको मूल्य ७-८ लाख रुपियाँ रहेको छ।

महिन्द्रा स्कर्पियो: महिन्द्रा स्कर्पियो कम्पनीको लोकप्रिय गाडी हो, जसलाई आनन्द महिन्द्राले पनि प्रयोग गरेका छन्। आनन्द महिन्द्रासँग पहिलो पुस्ताको स्कोर्पियो छ, जुन कालो रंगमा छ। यस गाडीमा ४X४ को फिचर पनि दिइएको छ।

महिन्द्रा अल्टूरस जी४: यो कम्पनीको सबैभन्दा महँगो र फ्ल्यागशिप कार हो। यो कार टोयोटा फर्च्युनरसँग प्रतिस्पर्धा गर्छ। आनन्द महिन्द्राले आफ्नो अल्टूरस जी४को नाम बाज राखेका छन्। कारको डेलिभरी पाएपछि आनन्द महिन्द्राले आफ्नो नयाँ कारको नाम ट्विट गरेका छन्। त्यसपछि कमेन्टमा नयाँ सुझाव आउन थाल्यो। 

About Author

Advertisement