पीसीबी-को गलत फसेलाहरूले क्षुब्ध पूर्व कप्तान अफरीदी

IMG-20250312-WA0144

कराची: पूर्व कप्तान शाहिद अफरीदीले अलराउण्डर शादाब खानको राष्ट्रिय टी२० टीममा आगमनमाथि प्रश्न उठाउँदै गलत फसेलाहरूले गर्दा पाकिस्तान क्रिकेट आईसीयू-मा रहेको बताए। गत वर्ष भएको टी२० वर्ल्ड कपपछि बाहिर रहने शादाबलाई टीममा स्थान दिइएको छ। यसको साथमा न्यूजील्याण्डविरुद्ध हुने आउँदो टी२० सीरीजको निम्ति सलमान अली आगाको अगुवाईमा रहने टीमको उनलाई उपकप्तान पनि नियुक्त गरिएको छ। मीडियासँग कुराकानीको क्रममा अफरीदीले भने, उनलाई कुन आधारमा टीममा बोलाइयो? घरेलु क्रिकेटमा उनको प्रदर्शन त्यस्तो के नै थियो या फेरि उनलाई कसरी टीममा चयन गरियो? योग्यताको आधारमा फसेला नलिइएसम्म पाकिस्तान क्रिकेटमा कुनै परिवर्तन आउनेछैन। हामी सदा तयारीहरूको कुरा गर्छौं तर कुनै प्रतियोगिता आउँदा अनि त्यसमा असफल हुँदा हामी यसको उपचार गर्ने कुराहरू गर्छौं। साँचो कुरा के हो भने यस्तै गलत फसेलाहरूले गर्दा पाकिस्तान क्रिकेट आईसीयू-मा छ।
अफरीदीको भनाइअनुसार, कुनै नयाँ अध्यक्षले कार्यभार सम्हाल्नको साथै सबैथोक बद्लिने गर्छन्। पूर्व कप्तान अफरीदीले भने, बोर्डको निर्णयहरू र नीतिहरूमा कुनै निरन्तरता या एकरूपता छैन। हामी कप्तान, प्रशिक्षक र खेलाड़ीहरू पनि बद्लिने गर्छौं तर बोर्ड बोर्डका अधिकारीहरू जवाफदेही किन हुँदैनन् ? प्रशिक्षकहरूलाई आफ्नो नोकरी बचाउनको निम्ति खेलाड़ीहरूमाथि दोष दिइरहेको देख्दा दुःख लाग्छ। यसरी प्रबन्धनले पनि आफ्नो स्थान बचाउन प्रशिक्षक र खेलाड़ीहरूमाथि दोष दिइरहेको हुन्छ। प्रशिक्षक र कप्तानको पद नै सुरक्षित नरहे हाम्रो क्रिकेट कसरी अघि बढ़्न सक्छ? यसको साथमा अफरीदीले भने, पीसीबी अध्यक्ष मोहसिन नकवी एकजना सकारात्मक व्यक्ति हुन् तर साँचो कुरा के हो भने उनलाई क्रिकेटबारे अधिक जानकारी छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement