यूएफा च्याम्पियन्स लीगः पेनल्टी शूटआउटमा लिभरपूललाई पराजित गरी पीएसजी क्वार्टर फाइनलमा

IMG-20250312-WA0138

लण्डन: फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले रोमाञ्चक जीतको साथ यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। मंगलवार राति खेलिएको प्री-क्वार्टर फाइनल राउण्डको दोस्रो लेगको म्याचमा पीएसजी-ले प्रीमियर लीगको क्लब लिभरपूललाई पेनल्टी शूटआउटमा ४-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा पीएसजी १-०-ले अघि रहेको थियो। त्यसपछि अतिरिक्त समयको खेलमा थप गोल हुन सकेन। यसअघि पहिलो लेगको म्याचमा लिभरपूल १-०-ले विजयी भएको हुनाले समग्रमा (दुई लेग मिलाएर) स्कोर १-१-को बराबरीमा रहन पुग्यो। यसरी दुई लेगपछि स्कोर बराबरीमा रहँदा पेनल्टी शूटआउट गराइयो, जसमा पीएसजी-का गोलकीपर गियानलुइगी डोन्नारुम्माले लिभरपूलका खेलाड़ी डार्विन नुनेज र कुर्टिस जोन्सले प्रयासमा असाधारण शेभ गरी पीएसजी-लाई क्वार्टर फाइनलमा पुऱ्याए। यसरी लिभरपूल च्याम्पियन्स लीगको इतिहासमा पहिलो लेगको म्याच जितेपछि पहिलोपल्ट नक्आउट चरणमा बाहिर भयो। यसपाली आफ्नो होम ग्राउण्ड एनफील्डमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले असल प्रदर्शन गरे पनि म्याच जित्न सकेन। पीएसजी-को निम्ति म्याचको १२औं मिनटमा औस्माने डेम्बेललेले गोल गरी लिभरपूलको प्रशंसकहरूलाई स्तब्ध पारे। म्याचको रहल समयमा लिभरपूलले लगातार प्रयास गरे पनि गोल गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement