नाबार्डले जारी गऱ्यो स्टेट फोकस पेपर २०२४-२५

IMG-20250311-WA0271

गान्तोक: नेशनल ब्याङ्क फर एग्रिकल्चर एण्ड रुरल डेभलपमेन्ट (नाबार्ड) को सिक्किम राज्य क्षेत्रीय कार्यालयले आज यहाँ राज्यस्तरीय क्रेडिट सेमिनार २०२४-२५ आयोजना गऱ्यो। कार्यक्रममा सिक्किम सरकारका मुख्य सचिव आर तेलाङ मुख्य अतिथि रहेका थिए भने नाबार्ड सिक्कमका महाप्रवन्धक एवं कार्यालय प्रभारी अजय कुमार सिन्हाको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमअवधि नाबार्डको स्टेट फोकस पेपर २०२४-२५ जारी गरियो। यस अवसरमा आफ्नो सम्बोधन राख्दै मुख्य सचिव आर तेलाङले स्टेट फोकस पेपर मार्फत नाबार्डले राज्यको वित्तीय योजनाहरूमा पुऱ्याउने गरेको योगदानको प्रशंसा गरे। यसको साथै उनले राज्यका किसानहरूलाई वित्तीय सहयोगमार्फत पुऱ्याउने गरेको सहयोगको निम्ति पनि उनले नाबर्डलाई धन्यवाद दिए। यसै असरमा मुख्य अतिथिको बाहुलीबाट लाभार्थीहरूलाई स्वीकृति पत्र पनि प्रदान गरियो।
कार्यक्रमअवधि मुख्य सचिव तेलाङले विभिन्न क्षेत्रका एफपीसीएस-हरूले लगाएका स्टलहरूको भ्रमण गरेर अन्तरक्रिया पनि गरे।

About Author

Advertisement