सिक्किमका महिलाहरु आत्मनिर्भर छन्: राज्यपाल

IMG-20250311-WA0270

गान्तोक: राज्यपाल ओमप्रकास माथुर आज पुण्यश्लोक देवी अहिल्याबाई होल्कर त्रिशतवार्षिकी समारोहमा सहभागी भए। रानीपुलसिथित केन्द्रीय कृषि विश्वविद्यालयमा आयोजित कार्यक्रममा राज्यपाल माथुर मुख्य अतिथिको रूपमा सहभागी थिए। आफ्नो सम्बोधनमा राज्यपालले होल्कर साम्राज्यकी रानी अहिल्याबाई होल्करको जीवनलाई महिलाहरूका लागि मात्र नभई सम्पूर्ण मानव जातिका लागि अनुकरणीय उदाहरण भनी बताए। उनले उपस्थित सबैलाई गौरवशाली भारतीय इतिहासको जानकारी लिने आग्रह गरे। उनले विभिन्न कालखण्डमा महिलाहरूको योगदानलाई उजागर गर्दै महिला सशक्तिकरणमा वर्तमान स्थितिबारे बताए। सिक्किमको ग्रामीण क्षेत्रको भ्रमणबारे अनुभवहरू साझा गर्दै राज्यपालले सिक्किम राज्य महिला सशक्तिकरणको जीवन्त उदाहरण भएको बताए। सिक्किमका अधिकांश महिलाहरू आत्मनिर्भर भएको उल्लेख गर्दै राज्य र देशको जीडीपीमा महत्वपूर्ण योगदान पुऱ्याएको उल्लेख गरे। आफ्नो सम्बोधनमा राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा महिला सशक्तिकरणका लागि उठाइएका उल्लेखनीय कदमहरूमाथि पनि प्रकाश पारे। नारी वन्दन ऐन र तीन तलाक विधेयकलाई उल्लेख गर्दै यी कानूनहरूले महिलाको स्थिति सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। राज्यपालले भारतीय संस्कृतिमा मातृशक्तिलाई तपस्या, त्याग र समर्पणको प्रतीकको रूपमा वर्णन गरे। देश र राज्यका सशक्त महिलाहरूको उल्लेख गर्दै उनले उनीहरूको कामले मानवतालाई नयाँ आयाम दिएको बताए। राज्यपालले महिला शक्तिलाई अझ सशक्त बनाउन निरन्तर सहयोग र प्रयासको आवश्यकतामा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement