मयंक यादवको चोटले लखनऊको टीमलाई झट्का

IMG-20250311-WA0265

लखनऊ: पेस बलर मयंक यादव ढाड़को चोटले गर्दा आईपीएलको पहिलो हाफबाट बाहिर हुँदा लखनऊ सुपर जायण्ट्स (एलएसजी) – लाई इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजन शुरु हुन ठूलो झट्‌का लागेको छ। मयंक अहिले बेंगलुरुको नेशनल क्रिकेट एकाडमी (एनसीए) मा छन्। उनलाई गत वर्ष अक्टोबरमा बंग्लादेशविरुद्ध टी२० सीरीजको अवधि चोट लागेको थियो। लखनऊको फ्रेञ्चाइजीले गत वर्ष भएको मेगा लिलामी अघि मयंकलाई ११ करोड़ रुपियाँमा रिटेन गरेको थियो। रिषभ पन्तको कप्तानीमा रहने यस टीमको आईपीएल २०२५-मा पहिलो म्याच २४ मार्चमा दिल्ली क्यापिटल्सविरुद्ध रहेको छ। रिपोर्ट अनुसार, मयंक कम्मरको चोटबाट मुक्त हुने प्रक्रियामा रहेका छन् अनि उनले हालै बलिंग शुरु गरेका छन्। बीसीसीआईले मयंक मैदानमा फर्किने कुनै निश्चित तारिख तय गरेको छैन तर उनले आफ्नो बलिंग कार्यभार बढ़ाउनको साथै फिटनेसको मानदण्डहरू पूरा गरे आईपीएलको दोस्रो हाफमा खेल्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement