च्याम्पियन्स लीगमा हारपछि चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्त

IMG-20220908-WA0119.jpg

८ सेप्टेम्बरः यूएफा च्याम्पियन्स लीगमा मंगलवार निराशाजनक हारको सम्मुखीन भएपछि ईंग्लिश प्रीमियर लीग क्लब चेल्सीले टीमका प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गऱ्यो। क्लबले आधिकारिक रूपमा यसको घोषणा गरेको छ। चेल्सीलाई क्रोएशियाई क्लब डायनामो जाग्रेबले १-०-ले पराजित गरेको थियो। त्यस म्याचको परिणामले अन्तमा टुचेलको नोकरी खायो। प्रीमियर लीगको जारी सीजनमा पनि चेल्सी अहिले शीर्ष पाँचबाट बाहिर रहेको छ। चेल्सी अहिले ६ वटा म्याचमा तीनवटा जीत र दुईवटा हारको साथ छैटौं स्थानमा रहेको छ। एउटा म्याच ड्र रहेको थियो। टीमसँग अहिले १० पोइण्ट रहेको छ। टुचेललाई जनवरी २०२१-मा फ्रेंक ल्याम्पर्डको स्थानमा टीमका म्यानेजर नियुक्त गरिएको थियो। उनले मईमा क्लबलाई च्याम्पियन्स लीगको खिताब दिलाएका थिए। त्यसबाहेक उनको मार्गदर्शनमा क्लबले सुपर कप र क्लब वर्ल्ड कपको खिताब पनि जितेको थियो।
टुचेललाई बर्खास्त गरिने सम्भावना पहिलादेखि नै रहेको थियो। क्लबका नयाँ सह-मालिक टप बोएहलीसँग उनको सम्बन्ध राम्रो थिएन। खेलाड़ीहरूका ट्रान्सफर पोलिसीलाई लिएर यी दुईबीच मतभेद थियो। यसपाली क्लब किनेको १०० दिनपछि बोएहलीले टुचेललाई पदबाट हटाए। चेल्सीले यसपाली ट्रान्सफर मार्केटमा नौजना खेलाड़ीको निम्ति २५० मिलियन यूरो खर्च गरेको थियो। यसमा आर्सेनल र बार्सिलोनाका पूर्व खेलाड़ी पियरे-एमरिक औबामेयांग पनि सामेल छन्। टुचेल र औबामेयांगले यसअघि बोरुसिया डर्टमण्डमा एकसाथ काम गरेका थिए। चेल्सीले टुचेलको स्थानमा ब्राइटनका म्यानेजर ग्राहम पटरलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रयासमा रहेको छ। यसको निम्ति उनीहरूले ब्राइटनसँग सम्पर्क पनि गरेका छन्। टुचेललाई हटाएपछि चेल्सीले एउटा बयानमा भनेको छ, चेल्सी एफसीमा सबैको तर्फबाट क्लब थोमस र उनका कर्मचारीहरूका क्लबको साथ आफ्नो समयको अवधि सबै प्रयासहरूका निम्ति आफ्नो आभार व्यक्त गर्न चाहन्छ। आफ्नो समयमा यहाँ च्याम्पियन्स लीग, सुपर कप र क्लब वर्ल्ड कप जित्ने थोमसलाई चेल्सीको इतिहासमा याद गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement