दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेजका सामाजिक कल्याण संस्था ‘मुस्कान’ को आयोजनामा एक स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। यस शिविरमा दार्जिलिङ जिल्ला अस्पतालको सहयोगिता रहेको थियो। अस्पताल पक्षबाट डा. सिबोरानी बाग, डा. आदिल एम. नर्स माया देवान, रूबिना प्रधान, दीपशिखा थापा, श्वेता राई, भावना लिम्बु, खुशी थापा साथै प्रशान्त सुब्बा आदिको उपस्थिति रहेका थिए। यस शिविर विद्यार्थीवर्ग अनि शिक्षक शिक्षिकावर्ग लगायत ७५ जना अधिकको स्वास्थ्य जाँच गरियो जसमा रक्त परीक्षण, व्लड प्रेसर जाँच, हेपटाइटिस बी साथै अन्य रोगहरूको जाँच गरियो भने अस्पतालबाट विभिन्न रोग निको पार्ने औषधि पनि वितरण गरियो। कार्यक्रमको पहिलो चरणमा वर्तमान समयमा स्वास्थय सम्बन्धित विभिन्न जागरूकता विषय अस्पतालबाट पक्षबाट विद्यार्थीवर्गलाई सचेत गराइयो।

यस स्वास्थ्य जाँच शिविर सफल रूपमा आयोजित हुनमा दार्जिलिङ जिल्ला अस्पताल अधीक्षक श्री महफुज उल्लेख करिमको सहयोगलाई कलेज कृतज्ञ प्रकट गरेको छ।