उदार मनहरु नामक संस्थाद्वारा सहयोग प्रदान

IMG-20250311-WA0245

तीनधारे: उदार मनहरु नामक गैर सरकारी संस्थाद्वारा वृध्द आश्रममा सहयोग प्रदान गरिएको जानकारी प्राप्त भएको छ।‌ तीनधारे महानदी समष्टिको मालुटार निवासी आशिष छेत्रीको नेतृत्वमा सन्‌ २०२३ मा इस्राएलमा‌ कार्यरत् साथीहरुलाई लिएर गठित उक्त गैर सरकारी संस्था उदार मनहरुद्वारा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेका छन्। यसै क्रममा आशिष छेत्रीको नेतृत्वमा नै यहाँबाट कालेबुङ पुगेर एरोन योञ्जनद्वारा सञ्चालित हुँ केयर्समा पुगेर सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। यस क्रममा उदार मनहरुद्वारा वृध्द वृध्दाहरुलाई लुगाफाटा, मेडिकलको सर – सामानहरु, खाने कुराहरु लगायत अन्य सामानहरु सहयोग गरेको जानकारी प्राप्त भएको छ।

उक्त सहयोगको लागि इस्राएलमा कार्यरत् सदस्यहरुले पनि सहयोग जानकारी आशिष छेत्रीले‌ दिएका छन्। उनले यस्तो सहयोग उदार मनहरुद्वारा आगामी दिनमा पनि जारी रहने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement