खरसाङ: वर्तमानमा चियाबारी श्रमिकहरुलाई लिएर बेसी राजनीति भएको र यो बन्द गरिनु पर्ने बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै चियाबारी श्रमिकहरुलाई लिएर बेसी राजनीति भईरेहको छ अनि चियाबारी श्रमिकहरु सोझो छन् तर लाटो भने छैनन् भनी बताएका छन्। उनले भने, यो २१ औं शताब्दी हो र चियाबारी श्रमिकहरुले पनि सबै बुझेका छन्। किन सबैले चियाबारीमा राजनीति गरिरहेको? श्रमिकहरुको काँधमा राखेर बन्दुक पड्काउने कार्य भईरहेको छ। तर श्रमिकहरुलाई परेको बेला भने कसैले सहयोग गर्दैन।’
पेम्बा रिम्पोर्छेले कमानमा श्रमिकहरुलाई लिएर राजनीति गर्नु नहुने बताएका छन्। खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै पेम्बा रिम्पोर्छेले भने, पहाडको नेतृत्वगण र पहाडमा नेतृत्व गर्नेहरुलाई यो भन्न चाहान्छु कि पहाडमा मुद्दाहरु धेरै छ तर चियाबारी श्रमिकहरुलाई लिएर राजनीति नगरेको राम्रो हो। चियापत्ती टिप्नु नटिप्नु श्रमिकहरुले जान्दछन्। पहाडमा धेरै मुद्दाहरु छन् जस्तै – हर घर जल योजना, बेरोजगार समस्या, बाटो घाटो, नगरपालिका, पञ्चायत थुप्रै छन्। तर चियाबारी श्रमिकहरुलाई लिएर नै राजनीति किन? चियाबारी श्रमिकहरु अहिले मागि खाने भाँडो नै भएको छ जसरी पहिला गोर्खाल्याण्ड मागिखाने भाँडो थियो।’
बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अघि भने, चियाबारी श्रमिकहरुले कसको के खाई दिएको छ र कुन यसरी बारम्बार खेलाँची भएको छ। पहाडमा मुद्दाको लागि लड्नु हो भने गोर्खा जाति सबै एक हुनुपर्छ। गोर्खाको मुद्दामा एक हुनुपर्छ।’