गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिँह तामांगले आज नाम्ची जिल्लाको सिङ्तामको रोङ बुल जिपीयुमा सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीको शिलान्यास गरे। रोङ बुल जस्ता दुर्गम क्षेत्रमा यस्तो संस्था स्थापना गर्नु एक महत्वपूर्ण कोसेढुङ्गा हो, जसले स्थानीय बासिन्दा र बाहिरका लागि अपार अवसरहरू ल्याउँछ।

उनले सो अबसरमा बोल्दै हाम्रो सरकारले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र यी क्षेत्रहरूमा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने दोहोरो उद्देश्यका साथ विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा धेरै निजी विश्वविद्यालयहरू स्थापना गर्ने सचेत प्रयास गरेको छ भने। उनले भने प्रतिष्ठित विश्वविद्यालयको उपस्थितिले आकांक्षी विद्यार्थीहरूलाई सशक्तिकरण मात्र गर्दैन तर स्थानीय विकास, रोजगारीका अवसरहरू सिर्जना गर्न र समग्र अर्थतन्त्रलाई बढावा दिनेछ। शैक्षिक पूर्वाधार सुदृढ हुँदै जाँदा क्षेत्रको रूपान्तरण स्वभाविक रूपमा हुनेछ।

यो नाम्ची–सिङथाङ निर्वाचन क्षेत्रका लागि उल्लेखनीय उपलब्धि हो। नाम्ची निरन्तर अगाडि बढिरहेको छ, पाइपलाइनमा धेरै विकास परियोजनाहरू छन् जसले यस क्षेत्रको समग्र विकास र समृद्धिमा योगदान पुर्याउनेछ।
उनले यस पहलमा संलग्न सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस विश्वविद्यालयले उज्यालो दिमागको पालनपोषण गरोस्, स्नातकहरू उत्पादन गर्दै सिक्किमलाई गौरवान्वित पार्ने साथसाथै उनीहरूको सपना र आकांक्षाहरू पनि पूरा गर्ने बताए।