अलिपुरद्वार: चिया बगानमा काम गर्ने एक महिलालाई चितुवाले आक्रमण गरेको छ। फालाकाटाको तसती चिया बगानमा मंगलबार भएको घटनामा महिला मजदुर घाइते भएकी छन्। यो घटनाले चिया बगान र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। घाइते मजदुरको नाम दुखनी मुण्डा रहेको बताइएको छ। उनी आज बिहान त्यही चियाबारीमा काम गरिरहेकी थिइन्। त्यही बेला चिया बगानको झाडीबाट एक्कासि एउटा चितुवा निस्केर उसलाई आक्रमण गरयो। चितुवाको आक्रमणबाट उनी घाइते भएकी छिन्। महिलाको चिच्याहट सुनेर नजिकका मजदुरहरु घटनास्थल पुगेका थिए। त्यसपछि घाइते महिला मजदुरलाई उद्धार गरी पहिले तसती चिया बगान अस्पताल लगिएको थियो। त्यसपछि उनलाई वीरपाडा स्टेट जनरल अस्पताल लगियो। यो घटनाले सो क्षेत्रमा त्रास फैलाएको छ।