भारतीय टीमको उज्ज्वल भविष्यलाई लिएर निश्चित रोहित शर्मा

IMG-20250311-WA0167

नयाँ दिल्ली: आईसीसी च्याम्पियन्स ट्रफीमा आफ्नो टीमको अजेय प्रदर्शनपछि भारतीय कप्तान रोहित शर्माले भारतीय क्रिकेटको भविष्य सुरक्षित हातमा रहेको बताए, जसमा धेरै युवा प्रतिभाहरू छन्। यी युवा प्रतिभाहरूले अन्तर्राष्ट्रिय स्तरमा चाहिने भोक, जोश र प्रतिभाको प्रदर्शन गरिरहेका छन्। भारतको च्याम्पियन्स ट्रफी जित्ने अभियानमा शुभमन गिल (५ वटा म्याचमा एउटा शतकको साथ १८८ रन), श्रेयस अय्यर (५ वटा म्याचमा २ वटा अर्द्धशतकको साथ २४३ रन), अक्षर पटेल (५ वटा म्याचमा ५ विकेटको साथ १०९ रन), हार्दिक पाण्ड्या (४ वटा म्याचमा ९९ रन र ४ विकेट), केएल राहुल (५ वटा म्याचमा १४०-को स्ट्राईक रेटले १४० रन) र वरुण चक्रवर्ती (९ विकेट)-सहित धेरै वर्तमान र भविष्यका स्टार खेलाड़ीहरूका योगदान रह्यो। यी सबैको प्रयासले गर्दा नै भारतले सीमित ओभरहरूका प्रारूपमा लगातार दोस्रो आईसीसी खिताब जित्यो।
रोहितको भनाइअनुसार, उनको भारतीय टीमले आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा अजेय रहेर जुन रेकर्ड बनायो त्यो खेलाड़ीहरूका जोश र प्रतिबद्धताको सबूत हो अनि यो भविष्यको निम्ति असल संकेत हो। त्यसो भए के भारतीय टीमले आउँदो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा राज गर्नेछ भन्नेछ भन्ने प्रश्नको जवाफमा रोहितले भने, यो मुख्य कुरा हो। तपाईंले खेल्दा सदा आफ्नो बेञ्च स्ट्रेन्थलाई मजबूत बनाउनुमा पनि ध्यान दिनु पर्छ। गत ४-५ सालमा प्राप्त भएको हरेक मौकाहरूमा हामीले सबै खेलाड़ीहरूलाई मौका दिने प्रयास गऱ्यौं। खेलाड़ीहरूले पनि प्रत्येक मौकाको फाइदा उठाए। यसको हाम्रो बेञ्च स्ट्रेन्थ निश्चित रूपले मजबूत भयो। यसबाहेक युवा खेलाड़ीहरूले हरेक प्रारूपमा असल प्रदर्शन गरिरहेका हुनाले टीमको चयन गर्दा दुविधाको सामना गर्नु परिरहेको छ। कुन खेलाड़ीलाई खेलाउने अनि कुन खेलाड़ीलाई बेञ्चमा राख्ने भन्ने तय गर्नु मुश्किल छ। यसले टीमको गहिराईबारे थाहा लाग्छ।
भारतले सेतो बलको प्रारूपहरूमा आउँदो २ सालमा २ वटा वैश्विक टुर्नामेण्टको आयोजन गर्नेछ। यसरी २०२६-को शुरुवातमा टी२० वर्ल्ड कप (श्रीलंका सह-आयोजक) र २०२७-मा वनडे वर्ल्ड कप सामेल छ। रोहितलाई कम्तीमा पनि यी दुई आयोजनहरूमा उनी टीमसँग रहने आशा रहेको छ। उनले टीमको निम्ति अघि बढ़्ने मजबूत मञ्च तयार भइसकेको बताएका छन्। रोहितले भने, भारतीय क्रिकेटको भविष्य सुरक्षित हातमा रहेको छ अनि म यो निश्चित रूपमा भन्न सक्छु। टीम सही दिशामा अघि बढ़िरहेको छ अनि खेलाड़ीहरूमा जीतको भोक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement