कोविड़ नेपाल: थप २२७ जना कोरोनाले ग्रसित, १६८ जना भए निको, १ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २२७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,४०१ जनाको कोरोना परीक्षण गरेकोमा २२७ जनामा संक्रमण पुष्टि भएको छ। (१,५१८ जनाको आरटी-पीसीआर परीक्षणमा १३७ जना अनि २,८८३ जनाको एन्टीजेन परीक्षणमा ९० जना गरी २२७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,४७३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४९,७५३ पुगेको छ भने १२,०१० जनाको मृत्यु भएको छ। यसरी नै ९,८३,९४९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१९,९५,०६१ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement