शहरी विकास मन्त्री राईद्वारा नाम्ची बजारको निरीक्षण

IMG-20250310-WA0250

गान्तोक: राज्य सरकारको शहरी विकास विभागीय मन्त्री भोजराई राईको नेतृत्वमा अधिकारीहरुको एक टोलीले आज नाम्ची जिल्लाका व्यापारिक संस्थाहरु, अनाधिकृत अतिक्रमण र सरसफाई मापदण्डहरूमाथि समीक्षा गर्न निरीक्षण गऱ्यो। यस भ्रमणको मुख्य उद्देश्य नाम्ची बजारमा शहरी नियमहरू लागू गर्न र व्यवस्था कायम राख्न सरकारद्वारा गरिएको पहलहरूको एक भागको रूपमा रहेको छ। निरीक्षणको क्रममा क्षेत्र विधायक सतिशचन्द्र राई, शहरी विकास विभाग सचिव योगिता राई लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा नाम्ची जिल्लामा सञ्चालित धेरै दोकानहरू आवश्यक कागजात सहित सञ्चालन भइरहेको सुनिश्चित गर्न जाँच गरियो। नियमहरू उल्लङ्घन गर्ने र वैध अनुमति बिना व्यवसाय सञ्चालन गर्ने दोकान फेला परेको खण्डमा ती दोकानहरू बन्द गरियो। निरीक्षण टोलीले व्यक्तिगत प्रयोगको लागि सरकारी जग्गामा अतिक्रमण गरेका आवासीय सम्पत्तिहरूको पनि जाँच गरियो। अनधिकृत ठाउँहरू खाली गर्न विभागले दोकानेहरूलाई १५ दिनको समय दिएको छ। यस अवसरमा नाम्ची प्लाजामा अनधिकृतरूपमा राखिएको स्टलहरू हटाइने निर्देश दिएको छ। निरीक्षण टोलीले नाम्ची जिल्लाको विभिन्न क्षेत्रहरूमा सरसफाईबारे पनि मूल्याङकन गरेको जानकारी गराइएको छ। यसै क्रममा निरीक्षण टोलीले काजिटार चिल्ड्रेन पार्क, खाद्य तथा नागरिक आपूर्ति विभाग र एसएनटी विभागको भ्रमण गर्योा जहाँ टोलीले कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै विभागद्वारा उपलब्ध गराइएको विभिन्न सुविधाबारे पनि समीक्षा गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement