नशालु पदार्थ र पोक्सो ऐनमाथि सचेतना कार्यक्रम

IMG-20250310-WA0249

गान्तोक: नाम्ची जिल्लाको महिला, बाल,वरिष्ठ नागरिक र दिब्याङजन कल्याण विभागको पहलमा आज मानसिक स्वास्थ, नशालु पदार्थको दुरूपयोग र प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ लाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। विशेष गरेर बेटी बचाओ बेटी पढाओ कार्यक्रमअन्तर्गत सुन्तले एकलब्य मोडल रेसिडेन्सियल स्कूलमा आयोजित सचेतना कार्यक्रममा एकलब्य मोडल रेसिडेन्सियल स्कूलका प्रचार्य अमर कान्ति जनान, बेटी बचाओ बेटी पढाओ कार्यक्रमका नोडल अधिकारी सोफिया लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नोडल अधिकारी सोफिया लेप्चाले महिला तथा बाल विकास विभाग अन्तर्गत गत २२ जनवरी २०१५ मा देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको बेटी बचाओ बेटी पढाओ (बीबीबीपी) पहलबारे विस्तृतरूपमा जानकारी गराइन्। उनले बीबीबीपी कार्यक्रमको उद्देश्य र लैङ्गिक समानता प्रवर्द्धन महिलाहरूलाई सशक्त बनाउन यस कार्यक्रमको प्रभावबारेमा अवगत गराइन्। उनले बीबीबीपी मार्फत ल्याइएका बालिकाहरूको लागि बचत योजना, सुकन्या समृद्धि योजनामाथि पनि प्रकाश पारिन्। थप रूपमा, उनले किशोरहरूको लागि बिवाहको कानुनी उमेर २१ र किशोरीहरूको लागि १८ वर्ष रहेको जानकारी गराइन्। सोही क्रममा प्रोबेसन अधिकारी स्मृति राईले बाल विभागले यौन अपराधबाट बालबालिकाको संरक्षण पोक्सो ऐन २०१२ माथि जानकारी गराइन्। प्रशिक्षणको क्रममा उनले यो ऐनले १८ वर्ष मुनिका किशोर- किसोरी दुवैलाई सुरक्षा प्रदान गर्ने विषयमाथि जोड दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement