नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टीमलाई सोमवार बधाई दियो। बीसीसीआई-ले भारतीय टीमका कप्तान रोहित शर्माको प्रशंसा गर्दै उनको अनुकरणीय नेतृत्व र सामरिक कौशलले टीमलाई यस ऐतिहासिक उपलब्धि हासिल गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बतायो। बोर्डले टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरको भूमिकाको पनि सराहना गरेको छ। यसको साथमा बोर्डले खेलाड़ीहरू, कोचिंग स्टाफ, सहयोगी कर्मीहरू र चयन समितिलाई पनि यस अभूतपूर्ण उपलब्धिको निम्ति बधाई दियो। बीसीसीआई अध्यक्ष रोजर बिन्नीले भने, गत वर्ष टी२० वर्ल्ड कपको सफलतापछि यो जीत भारतीय क्रिकेटको निम्ति एउटा ऐतिहासिक क्षण हो। अझ एउटा वैश्विक टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्नु अनि च्याम्पियन्स ट्रफी जित्नु एउटा अभूतपूर्व उपलब्धि हो। टीमले बेजोड़ निरन्तरता र चरित्रको साथ खेल्यो। म कप्तान रोहित शर्मा, मुख्य प्रशिक्षक गौतम गम्भीर र पूरा टीमलाई उनीहरूका ऐतिहासिक सफलताको निम्ति बधाई दिन्छु।