जलपाईगुडी: जलपाईगुडी एनबीएसटीसी डिपोबाट मालबजार जाँदै गरेको सरकारी बसमा आगलागी हुँदा मैनागुडीमा व्यापक त्रास फैलिएको छ। यात्रुले भरिएको यो बस सोमबार बिहान ९ः३० बजे जलपाईगुडी डिपोबाट छुटेको थियो र १० बजे मैनागुरीको दुर्गाबारी नजिक पुग्दा चालकले गाडीको इन्जिनबाट अचानक धुवाँ निस्किएको देखे। चालकले केही बुझ्नुअघि नै आगो फैलिएपछि चालकले कराएर यात्रुलाई तुरुन्तै तल ओर्लन भने। हतारमा बसबाट ओर्लन क्रममा धेरै यात्रु घाइते भएका छन्। बस चालकले दमकल र पुलिसलाई खबर गरे र खबर पाएलगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिए।

सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। पुलिस र दमकलले घटनाको अनुसन्धान गरिरहेको छ।