सिलगढी: भारतीय गोर्खा महिला महासंघ, सिलगढी क्षेत्रीय समिति र सिलगढ़ी गोर्खा नारी समूहद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला दिवस २०२५’ को कार्यक्रम मंगल माइती भवनमा मार्च ८ शनिबार भव्यताका साथ समापन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारिणी अध्यक्ष पुनम सुब्बाले गर्नुभएको थियो। प्रमुख अतिथिको जिम्मेवारी मेजर जनरल श्रीमती छिरिङ तेन्दु शेर्पा (सेवानिवृत्त) ले लिनुभएको थियो। श्रीमती अर्चना शर्मा नेपाल, प्रिन्सिपल एचबी, विद्यापिठ सिलगढीले विशेष अतिथिको रूपमा यो जिम्मेवारी लिनुभयो। सिलगढी वरपरका महिला संगठनहरूमा वरिष्ठ महिला समूह, हाम्रो माइती घर, लाली गुराँस महिला समिति सालबारी, नि:स्वार्थ महिला संगठन सालबारी, हु-केर्यस, भैरवी सामाजिक महिला संघ, सुकुना ग्रामीण महिला समिति, मतिगढ़ा गोर्खा कल्याण संघ (नारी प्रकोष्ठ), माईती घर नारी समूह, दुर्गागढ़ी जनकल्याण संगठन (नारी प्रकोष्ठ), शास्त्रीनगर समाज सेवा समिति, फरवारी गोरखा समाज, भजन मण्डली हिमूल, भारतीय गोर्खा महिला महासंघ खरसाङ शाखा, भगोम्प दार्जिलिङ आदिको सहभागिता रहेको थियो। महिला दिवसको नारी केन्द्रित भव्य कार्यक्रम राष्ट्रिय सहकोषाध्यक्ष देविका मगराति राईको अध्यक्षतामा सम्पन्न भएको थियो। सांगीतिक, साँस्कृतिक, कविता वाचन, र्याम्प टक, फेसन शो, नाटक, नृत्य, भाषण लगायतको सहभागिता रहेको थियो।
आसन ग्रहण गरेपछि गणेश बन्दनाले दीप प्रज्वलन गर्दै सञ्चालकले कार्यक्रमको सार र उद्देश्यबारे जानकारी गराएका थिए।
भागोमप सिलगढी शाखाकी शर्मिला क्षेत्रीले सुन्दर स्वागत मन्तव्य दिएकी थिइन्। भागोमप सिलगढ़ी अभिनित नाटकको निर्देशक तथा लेखक लक्ष्मी देवान थिइन्।
विभिन्न संघसंस्थाका सदस्यहरु मध्ये लीला जोशी, गंगा ठकुरी, ममता क्षेत्री प्रधान, रजनी मेनन, रोजी राई, चन्द्र ठटाल, अञ्जना प्रधान, सारिका क्षेत्री आदिले उत्कृष्ट गीत प्रस्तुत गरेका थिए।
गौरी प्रधान, ललिता जोशी क्षेत्री, लतिका जोशी, सरोजिनी देवान, उमा प्रधान रजनी शर्मा, कविता भट्टराई अधिकारी आदिले कविता वाचन गरेका थिए। महिलामाथि लेखिएको उत्कृष्ट कविताले सबैको मन छोयो।
नृत्यमा भैरवी समाज महिला संघकी सारिका क्षेत्री, शोभना प्रधान हु केयर्सकी अञ्जना देवान, गंगा ठकुरी र दुर्गागढी जनकल्याण संगठनको नृत्य टोलीसहित माटिगडा गोर्खा कल्याण संघका महिलाहरुको सहभागिता थियो।
सबै संघसंस्थाका महिलाहरूले गोरखा जाति, सामुहिक पहिरनका साथै भारतका विभिन्न राज्यबाट आएका पहिरन लगाएर र्याम्प वाक गरेका थिए। विन्दिया तामाङको नेतृत्वमा यो एउटा सुन्दर पहल थियो। कार्यक्रमको प्रारम्भमा सबै महिलाहरुले एकताबद्ध भई भावपूर्ण सामूहिक गान गाएका थिए।
विशेष अतिथि रञ्जिता शर्मा नेपालले आफ्नो मन्तव्यमा महिला चेतना, समानता, अधिकार र सशक्तिकरणका बारेमा संक्षिप्त वक्तान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सेवानिवृत्त मेजर जनरल श्रीमती छिरिङ केन्दु भोटिया (टी. के. भोटिया)ले गहिरो मन्तब्य राख्दै हाम्रा गोरखा महिलाहरु सक्षम र सबै गुणहरु भएका भएपनि हाम्रा युवा दाजुभाइहरु १०+, १२+ शिक्षा हासिल गरेपछि उचित मार्गदर्शन, योग्यता र सुझाव बिना उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित रहेको बताउनुभयो। कुन विषयमा रुचि छ, भविष्यमा के गर्न चाहनुहुन्छ? तपाई कुन फिल्डमा लाग्न चाहनुहुन्छ? चासो नभएको व्यक्ति अलमलमा परेर गलत विषय वा क्षेत्रमा पस्छ र भविष्यमा प्रगति गर्न सक्षम हुँदैन।
त्यसैले करियर काउन्सिलिङ, मार्गदर्शन आवश्यक रहेको भन्दै सेनाको नर्सिङको उच्च पदमा पुग्न सक्छु भने अभिभावक र विद्यार्थीले चाहेमा म काउन्सिलिङ गर्न तयार छु, ढोका खुला रहेको बताए। हाम्रा युवाहरू विभिन्न क्षेत्रमा जान सक्छन्। उनले गोरखा महिलालाई मिलेर कार्यक्रम आयोजना गरेकोमा बधाई दिए।
कार्यक्रममा आयोजकको तर्फबाट अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई खडा, दोसल्ला र फूलको मालाले सम्मान गरिएको थियो भने संचालन संयोजक खाद्य विभाग संयोजक निरु बराइली, स्वागत समिति संयोजक मधुमालती थापा, स्टेज डेकोरेशन संयोजक दुर्गाश्री देवान, कोषाध्यक्ष सुधा देवान र नूतन देवानले छिरिङ केन्डु भोटियाको सम्मान गरेका थिए सचिव मीना थापा आदिलाई दोसल्ला लगाएर पुष्पगुच्छा दिएर सम्मान गरिएको थियो।
यस भव्य कार्यक्रममा सबै महिलाहरु खुसी थिए। सिलगढी क्षेत्र र वरपरका गोर्खा महिलाहरुलाई एउटै प्लेटफर्ममा ल्याउने र सशक्तिकरण गर्ने यस आयोजकको उद्देश्य रहेको कार्यक्रमका अध्यक्षले जानकारी दिए। हामी छरिएका छौं, विभाजित छौं, अब हामी एकजुट हुनुपर्छ, हामीले आफ्नो भाषा, संस्कृति, शिक्षा, माटो, अस्तित्वलाई भावी पुस्ताका लागि जोगाउनु पर्छ, भाषा संस्कृति जोगाउन सक्छौं भने राष्ट्र बाँच्नुपर्छ, यो पहल अब महिलालाई भेला गरेर अघि बढाउनुपर्छ। भारतीय गोर्खा महासंघ गैरराजनीतिक संगठनको रुपमा काम गर्दै आएको छ। जातीय, भाषा, संस्कृति, साहित्य, स्वास्थ्य, शिक्षा, जातीय पहिचान र एकताको लक्ष्य र उद्देश्यका साथ यस वर्षलाई रजत वर्षका रूपमा लिइएको छ। अझै धेरै लक्ष्यहरू छन्, म प्रयासरत छु।
यो भारतका विभिन्न कुनामा बस्ने भारतीय गोर्खाहरूको संगठन हो। उनले सबै अगाडि आएर काम गर्नुपर्ने बताए।
भारतको गोर्खा महिला महासंघले पनि भागोमप अन्तर्गत महिला केन्द्रित धेरै गतिविधि गर्दै आएको छ। त्यसैगरी हाम्रा महिलाहरूले हरेक क्षेत्रमा काम गरेर अगाडि बढ्नुपर्छ। संगठित भएर समाजबाट रुढी, जातिवाद र कुप्रथा हट्यो। भावपूर्ण मन्तव्य राख्दै उहाँले भन्नुभयो, “आफ्नो पहिचान अनुसार बाँचौं र आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न असल नागरिक भएर सही बाटोमा हिड्ने प्रयास गरौं।”
अन्त्यमा राष्ट्रिय कोषाध्यक्ष दिपाञ्जली क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै अध्यक्षले कार्यक्रमको समापन घोषणा गर्नुभएको थियो। आयोजक समितिका तर्फबाट संयोजक देविका मगराति राईले जानकारी दिएकी हुन्।