८ सेप्टेम्बरः यूएफा च्याम्पियन्स लीगमा बुधवार राति बार्सिलोना, बायर्न म्यूनिख, एट्लेटिको म्याड्रिड र टोटनह्याम हट्स्परले जीत हासिल गऱ्यो। यसबीच लिभरपूल चाहिँ हारको सम्मुखीन भयो। बार्सिलोनाले ग्रुप सी-को म्याचमा स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीको ह्याट्रिकको दममा भिक्टोरिया प्लजेनलाई ५-१-ले पराजित गऱ्यो। चेक रिपब्लिकको क्लब विरुद्ध आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ७७ प्रतिशत पोजेशनको साथ खेल्दै बार्सिलोनाले पहिलो हाफमै तीन गोल छिरायो।

लेवाण्डोस्कीले म्याचमा ३४औं, स्टपेज टाइमको तेस्रो मिनट र ६७औं मिनटमा गोल गरे। यसबाहेक फ्रांक केस्सीले १३औं र फेरान टोरेसले ७१औं मिनटमा गोल गरे। विपक्षी टीमबाट एकमात्र गोल जान सयकोराले ४४औं मिनटमा छिराए। यसै ग्रुपको अन्य एउटा म्याचमा लेवाण्डोस्कीको पूर्व क्लब बायर्न म्यूनिखले इण्टर मिलानलाई २-०-ले पराजित गऱ्यो। इटलीको अग्रणी क्लब इण्टरको होम ग्राउण्ड सान सिरोमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीको क्लब बायर्नबाट लेरोय सानेले २५औं मिनटमा गोल गरे। यसबाहेक डेनिलो डीएम्ब्रोसियोले ६६औं मिनटमा आत्मघाती गोल गरे। यी दुईवटा म्याचपछि बार्सिलोना र बायर्न ३-३ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा स्पेनको क्लब शीर्ष स्थानमा रहन पुग्यो।

ग्रुप बी-मा स्पेनिश क्लब एट्लेटिको म्याड्रिडले पोर्तुगलको क्लब एफसी पोर्तोलाई २-१-ले पराजित गऱ्यो। म्याचको तीनैवटा गोल अन्तिम क्षणमा भयो। एट्लेटिकोबाट मारियो हेरमोसोले स्टपेज टाइमको पहिलो अनि एण्टोनी ग्रीजम्यानले स्टपेज टाइमको एघाह्रौं मिनटमा गोल गरे। यसरी नै पोर्तोबाट मेटिउस उरिबेले स्टपेज टाइमको छैटौं मिनटमा गोल गरे। म्याचमा पोर्तोका खेलाड़ी मेहदी टारेमीलाई ८१औं मिनटमा रातो कार्ड देखाइयो। यस ग्रुपको अन्य एउटा म्याचमा बेल्जियमको टीम क्लब ब्रूगेले जर्मन टीम बायेर लेवरकुसेनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल लौबाधे अबाकर सिलाले ४२औं मिनटमा छिराए। यस ग्रुपमा एट्लेटिको म्याड्रिड ३ पोइण्टको साथ गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ।
ग्रुप डी-को म्याचमा टोटनह्याम हट्स्परले इटलीको क्लब मार्सेलीलाई २-०-ले पराजित गऱ्यो। प्रीमियर लीग क्लबबाट म्याचको दुवै गोल रिचार्लिसनले छिराए। उनले ७६औं र ८१औं मिनटमा गोल गरे। मार्सेलीका फूटबलर चान्सेल एम्बेम्बा मानगुलुलाई ४७औं मिनटमा रातो कार्ड देखाइयो।

यस ग्रुपको अन्य एउटा म्याचमा पोर्तुगलको टीम स्पोर्टिंगले एण्ट्रेच फ्रेंकफर्टलाई ३-०-ले पराजित गऱ्यो। यस ग्रुपमा गोल अन्तरको आधारमा स्पोर्टिंग पहिलो अनि टोटनह्याम दोस्रो स्थानमा रहेको छ। ग्रुप ए-मा चाहिँ लिभरपूलले इटलीको क्लब नापोली विरुद्ध १-४-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा नापोलीबाट पिओट्र जिलिन्स्कीले २ गोल गरे। लिभरपूलबाट एकमात्र गोल लुइस डिआजले छिराए। यस ग्रुपको अन्य एउटा म्याचमा अयाक्सले रेञ्जर्सलाई ४-०-ले पराजित गऱ्यो। यस ग्रुपमा गोल अन्तरको आधारमा अयाक्स शीर्ष स्थानमा रहेको छ।