गान्तोक। छैठौं राज्यस्तरीय समन्वय समितिको बैठक गान्तोकमा सम्पन्न भयो। भारतीय रिजर्व ब्यांक, गान्तोकद्वारा आयोजित गरिएको बैठकमको अध्यक्षता मुख्य सचिव एससी गुप्ताले गरेका थिए। सभामा केशवन रामचन्द्रन, क्षेत्रीय निर्देशक आरबीआई विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
आरबीआई, कोलकाताले आफ्नो उद्घाटन टिप्पणीमा संयुक्त फोरमको उद्देश्य र आवधिक अन्तरालहरूमा त्यस्ता बैठकहरू आयोजना गर्नुको महत्त्वबारे उल्लेख गरे। उनले आरबीआईकोसचेत पोर्टलबारे पनि बताए। भारत सरकारले अनरेगुलेटेड डिपोजिट स्कीम ऐन, २०१९ को प्रतिबन्ध लागू गर्ने अधिनियम पारित गरेको जानकारी दिइयो। मुख्य सचिवले यस सम्बन्धमा सिक्किम राज्यका लागि नियमहरू बनाउन निर्देशन दिएका छन्। मुख्य सचिवले निकायबाट हुने अनाधिकृत निक्षेपलाई रोक्न नागरिकमा चेतना जगाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।
