पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिद्वारा अन्तर्राष्ट्रिय नारी दिवस पालन

IMG-20250310-WA0231

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यू अम्बटे समष्टि अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा पालन गरियो। मान्ती सुनार अनि अन्तिमा घतानीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रमलाई नारी शक्ति केन्द्रिय समिति अध्यक्ष साथै खरसाङ खण्ड पञ्चायत समिति अध्यक्ष अनु प्रधानले सभापतित्व गरेकी थिइन्। कार्यक्रमको आरम्भमा डे लाइट इन्स्टिच्युटका नारीहरू वन्दना नृत्य प्रस्तुत गरेका थिए भने स्वागत भाषण सुनिता राईले राखेकी थिइन्। कार्यक्रममा युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष साथै खरसाङ महकुमा समिति कार्यकारी सचिव अनुप गदालले खूबै नारी सशक्तिकरण विषयमा प्रेरणादयक सुन्दर कथा वाचन गरे भने विभिन्न स्वनिर्भर दलहरूद्वारा सुन्दर गीत अनि नृत्यहहरू साथै कविताहरू वाचन पनि गरेका थिए। अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अनिला राई रोहिणी कृषि उत्पादनमा पश्चिम बंगाल सरकारद्वारा सम्मानित, सुबानु लामा पंखाबारी चेयरम्यान समृद्धि सङ्घ, संजीला मगर थापा गाडीधुरा नृत्य प्रशिक्षक डे लाइट इन्स्टिच्युट साथै मिस्टर एड मिसेस जुनियर दार्जीलिङ विजेता साइना राई लङ्भ्यूलाई प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरूको बाहुलीबाट शाल ओढाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। त्यसबाहेक समष्टि अन्तर्गत रहेका सम्पूर्ण आगानवाडी कर्मी, सहकर्मी, आशाकर्मी, एसभीएम अनि भीसीडीका कर्मीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो। समारोहका मुख्य अतिथि निर्मला थापाले आफ्नो सम्बोधनमा नारीहरू स्वनिर्भर हुनपर्ने बिषयमा जोर दिइन् साथै आफू समृद्धि संघको भूर्तपूर्व सभापति भएको नाताले स्वनिर्भर दलहरूलाई चाहिएको खण्डमा आफूले भरसक सहयोग गर्ने वचन दिइन्। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशमा समष्टिमा अन्तर्राष्ट्रिय नारी दिवस यसरी भव्य रूपमा पालन गर्न सफल भएको जनाइन्। तिनले नारीहरू अनुशासनमा रहेर कार्य गरे घर स्वर्ग हुने जनाइन् साथै पुरूषहरूले केवल नारी दिवसको दिन मात्र सम्मान नजनाएर अन्य दिनहरूमा पनि नारीहरूलाई पुरूषले हृदयबाट सम्मान जनाउन पर्ने जनाइन् साथै सरकारले नारी सशक्तिकरण गर्न विभिन्न योजनाहरू बनाए पनि नारीहरू अहिले पनि शोषण र उत्पीडित भइरहेको अवगत गराउँदै यसको निम्ति सम्पूर्ण पुरूष जातिले नारीहरूलाई सदैव सम्मानको दृष्टिले हेर्नुपर्ने जनाइन्। अनु प्रधानले अब नारी केवल घरको चुल्हा चौका मात्र चलाउने नभएर समाज र देश पनि चलाउन सक्ने क्षमता भएको नारी हुन पर्ने जनाइन्।

जीटिए पञ्चायत समिति साथै ग्राम पञ्चायतहरूमा नारीहरूको सहभागिताले नारी सशक्तिकरणमाथि जीटीएले कार्य गरिरहेको प्रमाण हो भनी जनाइन्।समारोहमा समष्टि अन्तर्गत रहेका ग्राम पञ्चायत प्रधान, उपप्रधान, समिति सदस्यगण, पञ्चायत सदस्यगण केन्द्रिय समिति सदस्य सन्तोष लामा, खरसाङ महुकमा समिति सांगठनिक सचिव संजोक रोका, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, सांगठनिक सचिव सुवास छेत्री, मौसम लामा, सहसचिव कुनाल छत्री,समष्टि प्रचार प्रचार सचिव जिनोद परियार, समष्टि शिक्षक संगठन सभापति सुबोध लामा, समष्टि यु़वा शक्ति सचिव पप्पु तामाङ, बिशाल देवान, निरज रूम्बा, केदार छेत्री, कमल खवास, भिभिन भोटिया साथै नारी शक्तिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement