बेलबारी: मोरङ्को बेलबारी नगरपालिका वडा नं.१ मा रहेको निर्माणाधीन बेलबारी सपिङ कम्प्लेक्समा सुनवर्षी नगरपालिका वडा ४ का लालबहादुर सार्की मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार करिब ३८ वर्षका सार्की केही समयदेखि उक्त भवनमा बस्दै आएका थिए। घटनाको प्रकृति हेर्दा उनको मृत्यु पहिलो तलाबाट ग्राउन्ड तलामा खसेर भएको हुन सक्ने अनुमान गरिएको छ। नगर प्रहरीले बिहान ७ बजे सूचना गरे पछि पोस्टमार्टमको लागि विराटनगरको कोशी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।