रंगबुल ग्राम पञ्चायतद्वारा समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान कार्यक्रम

IMG-20250310-WA0224

सोनादा: रंगबुल ग्राम पञ्चायतको आयोजनामा एक कार्यक्रमबीच समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाएको छ। उक्त कार्यक्रम रंगबुल ग्राम पञ्चायतको पञ्चायत प्रधान योजना सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पश्चिम बङ्गाल थामी सांस्कृतिक विकास बोर्डका चेयरम्यान प्रवीणा थामी उपस्थित रहेका थिए‌।‌ कार्यक्रममा स्वागत सम्भाषण साथै कार्यक्रमको उद्देश्य र औचित्य विषयमा पञ्चायत सचिव कमल लामाले राखेका थिए भने कार्यक्रमको सञ्चालन सरस्वती छेत्रीले गरेका थिए। रंगबुल ग्राम पञ्चायतको आयोजनामा अन्तर्राष्ट्रीय नारी दिवस पालनसितै समाजका विशिष्ट नारीहरूलाई सम्मान पनि गरिएको छ। यस क्रममा विशिष्ट नारी सम्मानको रुपमा सरस्वती छेत्रीलाई सम्मान जनाइएको छ। त्यसरी नै विङ्ग कमाण्डर डा पासाङ डोमा डुक्पा, यस क्षेत्रमा स्वनिर्भर दलहरुको उत्थानको लागि कार्य गर्दै 19 वर्षसम्म सीएसपीको रुपमा कार्यरत् उषा तामाङ, उत्तर बंगाल क्षेत्रीय ब्यांकको म्यानेजर रेश्मा प्रधान, रंगबुल उप स्वास्थ्य केन्द्रकी कम्युनिटी हेल्थ सुपरभाइजर पुष्पा शर्मा साथै नित्य समाज आलुङ्गे र सुनखरी समाज बंगलाडाँडाको सभापति सचिव आदिलाई रंगबुल ग्राम पञ्चायतको तर्फबाट सम्मान जनाइएको छ।‌ यस कार्यक्रममा 107 वटा स्वनिर्भर दलका सदस्यगण, भिबीडीसी महिला सदस्यगण,‌एएनएम, आँगनवाडी, महिला बीएलओ, भीआरपी महिला सिभिक भोलेन्टियर, सम्पूर्ण पठशालाका महिला शिक्षिका आदिको उपस्थिति रहेको थियो‌। यस कार्यक्रममा‌ गीत, नृत्य, कविता वाचन लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा सभाध्यक्षा पञ्चायत प्रधान योजना सुब्बाले पनि वक्तव्य राखेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रंगबुल ग्राम पञ्चायतको सचिव कमल लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement