खरसाङ: नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङबाट वरिष्ठ साहित्यकार आशा मुखिया लामा नयाँ दिल्लीमा साहित्य अकादमीको वार्षिक साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा सहभागी हुँदै कविता वाचन गरेका छन्। साहित्य अकादमीद्वारा दिल्लीमा गत ७ मार्चदेखि आगामी १२ मार्च २०२५ सम्म भईरहेको एशियाकै ठूलो साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा भाग लिन उनी आईतबार दिल्ली पुगेकी थिईन्। उनले सोमबार उक्त कार्यक्रममा नेपाली भाषाको प्रतिनिधित्व गर्दै नेपाली भाषामा कविता पठन गरेकी छन्। उनले प्रथममा नेपाली भाषामा अनि त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कविता पनि सुनाएका छन्। उक्त कार्यक्रमको अध्यक्षता चन्द्रशेखर कमवारले गरेका थिए भने नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङकी वरिष्ठ साहित्यकार आशा मुखिया लामाले कविता वाचन गरेका छन्। कार्यक्रममा उनीबाहेक सिन्धी, उडिस्सा, तेलुगु, मराठी भाषाका कविहरुले पनि कविताहरु वाचन गरेको जानकारी प्राप्त भएको छ। साहित्य अकादमीद्वारा दिल्लीमा आयोजित साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा नेपाली भाषामा आशा मुखिया लामाबाहेक अरु पनि रहेका छन्। तर उनी यस कार्यक्रममा नेपाली भाषामा प्रतिनिधित्व गर्ने एक मात्र नारी साहित्यकार रहेको जानकारी प्राप्त भएको छ। साहित्य अकादमीद्वारा दिल्लीमा आयोजित साहित्योत्सव कार्यक्रममा सहभागी बन्न पाएर खुशी लागेको साथै एशियाकै वृहत् साहित्यिक कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै प्रथममा नेपाली भाषामा अनि त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरेको कविताहरु वाचन गर्न पाएर खुशी लागेको बताएकी छन्। उनले यो आफ्नो लागि एकदमै अविस्मरणीय रहेको र यसरी नेपाली भाषालाई प्रतिनिधित्व गर्दै कविता वाचन गर्नु पाउनु गर्वको कुरा रहेको बताएकी छन्।

आशा मुखिया लामा वरिष्ठ साहित्यकार एंव समाजसेवी साथै सांस्कृतिक अभियन्ता पनि हुन्। उनी हालमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या पनि हुन्। आशा मुखिया लामाले नेपाली साहित्यमा थुप्रै कृतिहरू प्रकाशित गरिसकेका छन्। उनको रहर अक्षर, गाडधन, चिसो मरुभूमितिर कृतिहरु प्रकाशित छन् भने गोर्खा जनपुस्तकालयद्वारा पुनः प्रकाशित चन्द्रिकाको १, २ र ३ मा सह सम्पादन गरेका छन् त्यसरी नै उनले प्रतिष्ठित व्यक्तित्व संस्मरण, संस्कृति विशेषाङ्क, भाषा परिसंवाद अनि समसामयिक विमर्श, मेरो जन्मथलो र कर्म थलोको कथा आदि पनि सम्पादन गरिसकेका छन्। विभिन्न सांस्कृतिक र सामाजिक संस्थाहरुसित जोडिएर साहित्यिक र सामाजिक कार्यमा सक्रिय रुपमा लागि परेका छन्।