खरसाङमा केदारनाथ प्रसाद मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने

IMG-20250310-WA0215(1)

खरसाङमा: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा‌ टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने भएको छ। खरसाङ महकुमा खेलकूद संघको २०२५-२६ को क्यालेण्डर वर्षको पहिलो खेलकूद कार्यक्रम केदारनाथ मेमोरियल क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्‌‌। उनले बताए अनुसार खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा उक्त टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आगामी २२ मार्चदेखि शुरु हुने भएको छ र यसको लागि सबैले १६ मार्चभित्रमा पञ्जीकरण गराउनु पर्ने जानकारी गराएका छन्‌‌। सचिव निर्मल गुरुङले यसपाली टेनिस बलमा नै आयोजना गरिने र यसको लागि झट्टै पञ्जीकरण गराउनु पर्ने जानकारी गराएका छन्।‌ यस अन्तर्गत शुरुमा १५-१५ ओभरको म्याच खेलाइनेछ भने सेमी फाइनल र फाइनल चाहिँ २०-२० ओभरको खेलाईएको भएको छ। सचिव निर्मल गुरुङले यस विषयमा भने, हामीले खरसाङमा स्टिज बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएका थियौं तर स्टिज बलसित खेल्नलाई सबैकोमा भनेको जस्तो सर सामानहरु हुँदैन र सबैले सहभागिता जनाउन सक्दैनन् र यसपाली हामीले टेनिस बलमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको आयोजना गरिरहेका छौँ। हामी सबै युवाहरुलाई खेलप्रति आकर्षित गर्नु साथै सबैको सहभागिताको लागि यो टेनिस बल क्रिकेट टुर्नामेन्ट आयोजना गरिरहेका छौँ।’
गुरुङले यस टेनिस बल क्रिकेट टुर्नामेन्टमा सिमित टिमहरुलाई मात्रै स्थान दिइने हुनाले आगामी १३ मार्चभित्रमा सबैले पञ्जीकरण गराईदिने आह्वान् गरेका छन्। सभामा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, कोषाध्यक्ष बसन्तसिंह, टेक्निकल हेड आरपी सार्की, मुख्य संरक्षक‌ एसबी सुनवार, कार्यकारी सदस्य मोहन राई आदि पनि उपस्थित रहेका थिए।‌यसावधि स्व. केदारनाथ प्रसाद मेमोरियल क्रिकेट टुर्नामेन्टको ट्रफीहरु पनि प्रदर्शनी गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement