आईपीएलमा नखेल्ने ब्रूकको फसेला, प्रतिबन्ध लाग्ने सम्भावना

IMG-20250310-WA0177

लण्डन: ईंग्ल्याण्डका ब्याटर ह्यारी ब्रूकले २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) अघि दिल्ली क्यापिटल्ससँग आफ्नो अनुबन्ध समाप्त गरेका छन्। यसले गर्दा उनीमाथि आईपीएलमा खेल्नदेखि २ सालको प्रतिबन्ध लाग्न सक्छ। ईंग्ल्याण्डका यस २६ वर्षीय खेलाड़ीले लगातार दोस्रो साल आईपीएलको निम्ति आफूलाई अनुपलब्ध राखेका छन्। यसको निम्ति उनले फ्रेञ्चाइजी र समर्थकहरूसँग माफी मागेका छन्। ब्रूकले सोशल मीडियामा लेखेका छन्, मैले आईपीएलको आउँदो सीजनबाट हट्ने मुश्किल फसेला लिएको छु। म दिल्ली क्यापिटल्स र टीमका समर्थकहरूसँग बिना शर्त माफी माग्छु। यो ईंग्ल्याण्ड क्रिकेटको निम्ति वास्तवमा महत्त्वपूर्ण समय हो अनि म आउँदो सीरीजको तयारीको निम्ति सम्पूर्ण रूपले प्रतिबद्ध हुन चाहन्छु। यसको निम्ति करियरको सबैभन्दा व्यस्त चरणमा मलाई तरोताजा रहन केही समय लाग्नेछ। सबैले यस कुरालाई बुझ्नेछैनन् अनि म यसको आशा पनि गर्दिन तर मैले आफ्नो निम्ति सही कुरा नै गर्नु पर्नेछ। मेरो निम्ति मेरो देश प्राथमिकता हो अनि मेरो ध्यान त्यसैमा छ। ब्रूकले आफ्नो बोजूको निधनले गर्दा आईपीएलको गत सीजनबाट नाम फिर्ता लिएका थिए। अब यस सीजनमा पनि नखेल्ने फसेलाले गर्दा उनीमाथि प्रतिबन्ध लाग्न सक्छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को नियमहरू अनुसार, कुनै विदेशी खेलाड़ी लिलामीमा चयन गरिएपछि अनफिट नरहेको स्थितिमा यस टुर्नामेण्टमा खेल्न नमाने त्यस खेलाड़ीमाथि आईपीएलमा खेल्नदेखि २ सालको प्रतिबन्ध लाग्न सक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement