सप्तरी: सप्तरी जिल्लाको तिलाठि कोईलाडि गाउँ पालिका वडा नम्बर -६ बभनगमा टोल स्थित राधाकृष्णको मन्दिर प्राङगणमा तराई मधेश महिला फाउण्डेशन नेपालले होली मिलन समारोह एवं शुभकामना आदान- प्रदान कार्यक्रमआयोजना गरेको छ। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा हिन्दु धर्ममा होली पर्वको महत्त्व सम्बन्धमा आ- आफना मनत्व्य व्यक्त गरेका थिए। सो अबसरमा धर्म परिवर्तन गरेकी स्थानीय एक यादव महिलालाई फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको सक्रियतामा कृश्चियन धर्म अपनाई रहेकि महिलालाई सो धर्म परित्याग गरि पुनः धार्मिक अनुष्ठान मार्फत आफनै हिन्दु धर्ममा ल्याइएको छ। यस जागरण प्रति स्थानीय जनतामा ती महिलाले देखाएको कार्य उत्साहपूर्ण रहेको बताए।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष जिवछ यादव,सामाजिक अभिन्यता प्रमोद शर्मा, अधिकारकर्मी मन्जु साह लगायत वक्ताहरुले होली पर्बको महत्वबारे चर्चा गरे। स्थानीय क्षेत्रमा ईसाई धर्म प्रचार अबिलम्ब रोकन तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साहले कार्यक्रमको अध्यक्षता गर्दै बताइन्।
सो कार्यक्रममा युवाहरुलाई टि- शर्ट सहित वितरण गरि एक- अर्का साथ अबिर लगाउदै होलि समारोह मनाएका छन्।