लगातार सर्वाधिक टस हार्ने कप्तान बने रोहित शर्माले

IMG-20250310-WA0153

नयाँ दिल्ली: भारतीय कप्तान रोहित शर्मालाई आज आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पनि टसको मामिलामा फेरि एकपल्ट भाग्यले साथ दिएन। न्यूजील्याण्डविरुद्ध फाइनलमा भारतीय कप्तानले फेरि टस हारे। यो रोहितको भारतीय कप्तानको रूपमा लगातार १२औं म्याचमा टस हार थियो। यसको साथै रोहितले लगातार सर्वाधिक म्याचमा टस हार्ने कप्तानको रूपमा वेष्ट इण्डिजका ब्रायन लाराको रेकर्डको बराबरी गरे। लाराले पनि लगातार १२ वटा म्याचमा टस हारेका थिए। रोहितको टस हार्ने क्रम नोभेम्बर २०२३-मा आईसीसी एकदिने वर्ल्ड कपको फाइनलबाट शुरु भएको थियो। त्यसपछि दिसम्बर २०२३-मा दक्षिण अफ्रिका यात्रा, अगस्त २०२४-मा श्रीलंका यात्रा अनि फरवरी २०२५ मा ईंग्ल्याण्डविरुद्ध घरेलु सीरीजमा पनि रोहितले लगातार टस हारे। त्यसपछि च्याम्पियन्स ट्रफीमा पनि फाइनलसम्मको यात्रामा जम्मा ५ वटा म्याचमा टस हारेर रोहितले वर्ल्ड रेकर्डको बराबरी गरे। लगातार म्याचमा टस हार्ने कप्तानहरूका सूचीमा लारा र रोहितपछि नीदरल्याण्डका पीटर बोरेन रहेका छन्, जसले मार्च २०११-देखि अगस्त २०१३-बीच लगातार ११ वटा म्याचमा टस हारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement